प्रहरीले कुटपिट गरेको आरोप
खाँदवारी नगरपालिका–८ स्थायी घर भई खाँदवारी नगरपालिका–१ वडा कार्यालयमा वडा सचिव पदमा कार्यरत ३८ वर्षीय राजकुमार राईले प्रहरीले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
माघ १ गते साँझ खाँदवारी नगरपालिका–१ स्थित आफ्नै घरमा परिवारसँग बसिरहेको अवस्थामा घुमुवा प्रहरीले गाली गलौच गरी गालामा दुई थप्पड हिर्काएको कर्मचारीको आरोप छ ।
नेपाल निजामति कर्मचारी सङ्गठन, नेपाल निजामति कर्मचारी यूनियन र नेपाल राष्ट्रिय कर्मचारी निजामति सङ्गठनले माघ ३ गते संयुक्त विज्ञप्ती निकालेर घटनाको निन्दा गरेका छन् । कर्मचारी सङ्गठनले घटनामा छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
कर्मचारी सङ्गठनले निकालेको विज्ञप्तिमा घटना घरमा भएको भनिए पनि प्रहरीले घटना घरमा नभएर खाँदवारी नगरपालिका–१ र ३ जोड्ने खोरण्डे मेलामा भएको जानकारी दिएको छ ।
मकर संक्रान्तिका दिन साँझ ५ बजेको समयमा मादक पदार्थ सेवन गरेर बसेका वडा सचिव राजकुमार राईलाई सम्झाइबुझाइ घर पठाउन आग्रह गरिएको र साँझ ६ बजे पुन घर जानका लागि आग्रह गर्दा कर्मचारीले सुरक्षाकर्मीलाई तथानाम गाली गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले प्रहरीले मापसे गरेका बसेका राईलाई घर जान आग्रह गर्दा घम्साघम्सी भएको बताउनु भएको छ ।
हातपात गर्ने प्रहरीको पहिचान गर्न कर्मचारीलाई आग्रह गरे पनि कर्मचारीले प्रहरीको पहिचान नगरेकोले कारबाही अघि बढाउन नसकिएको डिएसपी गोदारको भनाइ छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…