प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप
सुनसरी छिटाहा-९ का ५० वर्षीय देवकिसन मण्डलको हत्या भएको भन्दै जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको मृतकका आफन्तले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर शिवकुमार पोखरेलले भने घटनाको अनुसन्धान भइरहेको, शङ्कास्पद व्यक्तिसमेत गिरफ्तार गरिएको र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दर्ता गर्ने बताए ।
मृतकका आफन्तले कात्तिक २ गते विराटनगरमा पत्रकार सम्मेलन गर्दै गत असोज १५ गते घटस्थापनाको दिन मृत भेटिएका मण्डलको टाउकोमा चोट लागेको भएपनि इलाका प्रहरी कार्यालय दुहवी सुनसरीले जाहेरी दर्ता नगरेको आरोप लगाएका हुन् ।
मृतकका साला चन्द्रकिशोर मण्डलले असोज ३० गते प्रहरीकोमा जाँदा अहिले दर्ता गर्न मिल्दैन भन्दै दर्ता गर्न नमानेको आरोप लगाए ।
घरमै बसिरहेको बेला सोही ठाउँका नटीलाल माझीले खाजा खान जाउँ भनेर लगेको र सँगै बसेर मदिरा सेवन गरेपछि उनको हत्या भएको पीडित पक्षले आरोप लगाएको छ ।
प्रहरीले पसल सञ्चालक सियाराम चौधरी र उनकी पत्नीलाई गिरफ्तार गरेको भएपनि नटीलाल भने फरार रहेको प्रहरीले बताएको छ ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…