प्रहरीले उजुरी लिन नमानेको मृतकका आफन्तको आरोप
लुम्बिनी सांस्कृतिक नपा–४ मौवारीकी २३ वर्षीया तारा वरईलाई मटितेल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा परिवारका सदस्यविरूद्ध प्रहरीमा उजुरी दिएपनि विभिन्न बहाना देखाई उजुरी दर्ता नगरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।
असोज ९ गते राति कुटपिट गरी घाइते बनाएर मटितेल छर्केर आगो लगाई मारेको मृतकका मामा बाबुराम बरईले इन्सेककर्मीलाई बताए ।
उनले आँखा भरी आँसु झार्दै भने–‘भान्जीलाई सधैँजसो सासू, ससुरा, जेठाजु, जेठानीले शारीरिक तथा मानसिक यातना दिँदै आएको र ज्वाइँले राम्रो व्यवहार गर्ने भएकाले सम्झाइबुझाई भाञ्जीलाई घर पठाउने गरेका थियौँ ।’
मृतकका पति भारतको मुम्वाईमा काम गर्ने र घरमा भएकी भाञ्जीलाई सधैँ यातना दिने भएकाले सोही दिन पनि ज्वाइँ नभएको बेलामा आफ्नी भाञ्जीको हत्या परिवारका सदस्यहरूले गरेको बावुरामले आरोप लगाए ।
प्रहरीले घटनाको मुचुल्का उठाए पनि घटनाका विषयमा सम्वेदनशिलता नअपनाएको र आफन्तले दिएको कर्तव्य ज्यानसम्बन्धी किटानी उजुरी दिँदा पनि अझैसम्म पनि उजुरी दर्ता नगरेको मृतकका मामाको आरोप छ ।
घटनामा संलग्न रहेको आरोपमा मृतकका ससुरा ५५ वर्षीय वर्षाती बरई, ५० वर्षीया सासू अनारमती बरई, ३२ वर्षीय जेठाजु जोगिन्द्र बरई, ३० वर्षीया जेठानी शारदा बरई र १७ वर्षीय बालकविरूद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी उजुरी दिन गएपनि प्रहरीले उजुरी नलिएको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले पीडित पक्षले भदौ १ गतेभन्दा पहिलेकै ढाँचामा उजुरी ल्याएको र सो उजुरीलाई अहिलेको संहिता अनुसारको ढाँचामा ल्याउन भनिएकोमा पीडित पक्षले सो नगरी प्रहरीले उजुरी दर्ता गर्दैन भनेर नभनेको बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…