प्रहरीले अनावश्यक दुःख दिएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको आरोप
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तारपछि रिहा भएका सो पार्टीका दुई जना कार्यकर्ताले आफूहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन् ।
पटकपटक गिरफ्तारपछि रिहा गरिएका सो पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य जाजरकोट जिल्ला बारेकोट गाँउपालिका–२ का ३२ वर्षीय धनबहादुर नेपाली र ०७५ चैत १३ गते गिरफ्तारपछि ०७६ वैशाख ३ गते रिहा गरिएका सुर्खेत वीरेन्द्रनगर नपा–८ का ६१ वर्षीय सिद्धबहादुर खड्काले इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतमा वैशाख १० गते निवेदन दिई यस्तो आरोप लगाएका हुन् ।
नेपाली र खड्काले दिएको संयुक्त निवेदनमा आफूहरू प्रहरी हिरासत मुक्त हुँदा पार्टी परित्याग गरी स्वतन्त्र भई बस्ने विज्ञप्ति जारी गर्नुको साथै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल फेसबुकमा प्रचारप्रसार भइसकेपनि प्रहरीले आपूmहरूको खोजी गरिरहेको, जिल्ला प्रहरी कार्यालयमा आउन र संयुक्त रूपमा पे्रस विज्ञप्ति जारी गर्न दबाब दिइरहेको उल्लेख छ ।
सादा पोशाकमा रहेका प्रहरीले आफूहरूले जारी गरेको विज्ञप्ति लिएर गइसकेपनि हिरासत मुक्तपछि पनि पिछा गरिरहेको र पटकपटक फोन गरेर जिल्ला प्रहरी कार्यालयमा आउन दबाब दिइरहेकाले यसबाट मुक्तिका लागि पहल गरिदिन उनीहरूले निवेदनमार्फत इन्सेकलाई अनुरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले हिरासत मुक्त हुँदा नेपाली र खड्काले जारी गरेको पे्रस विज्ञप्ति लिएर आउन उनीहरूलाई भनेको बताए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…