प्रहरीलाई हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ३५ वर्षीय असई पूर्ण बहादुर विक र ३४ वर्षीय प्रहरी हवल्दार सुरेन्द्र विष्टलाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२ का २३ वर्षीय पृथ्वी रोकाया र सोही गाउँपालिका–६ का २२ वर्षीय आशिष रावत विरुद्ध प्रहरीले असार १० गते उजुरी दर्ता गरेको छ ।
असार ८ गते साँझ सदरमुकाम सिमकोटको एयरपोट चोकमा आरोपित दुई जना युवकले गाडी तोडफोड गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई गर्दा आफूलाई हातपात गरेको असई पूर्णबहादुर विकले आरोप लगाउनु भएको छ ।
सदरमुकाम सिमकोटको बजारमा गस्तीमा गएको प्रहरीलाई हातपात गरेको भन्दै मदिराले लठ्ठिएका स्थानीय दुबै जना युवकलाई असार ९ गते गिरफ्तार गरेको इन्सपेक्टर राजन प्रसाद भट्टराईले बताउनु भएको छ ।
असार १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा अभद्र व्यवहारमा मुद्दा दर्ता भएसँगै पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर भट्टराईले बताउनु भएको छ । दुबै प्रहरीको जिल्ला अस्पताल हुम्लामा उपचार भएको सिनियर अनमी सरिता बोहराले बताउनु भएको छ । प्रहरी दुबैको शरीरमा सामान्य चोट लागेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…