प्रहरीलाई यातना दिएको घटनाको इन्सेक मधेस प्रदेशद्वारा अनुगमन
महोतरी जिल्लाको जलेश्वर नगरपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २६ वर्षीय प्रहरी जवान अनु रायलाई यातना दिएको घटनाको अनुगमन इन्सेक मधेस प्रदेशले ०८० असार २९ गते गरेको छ ।
इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित लगायत एसपी, डिएसपी लगायतहरू सँग भेटघाट गरेको हो ।
अनुगमनको क्रममा पीडित अनु रायले असार २४ गते मिर्चैयामा भएको आन्दोलनको लागि खटिएर राती ३ बजे फर्किएको र आराम गरी ड्यूटी गरेर पुन २५ गते राती १० बजेको लागि पनि हब्लदार मेजरले डयूटीमा खटाएकोले हबल्दारसँग गुनासो गर्दा हबल्दारले इन्सपेक्टर हेमन्त राईसँग कुरा गर्न भन्नु भयो । इन्सपेक्टरसँग कुरा गर्दा अपशब्द बोली गालि गरे पछि आफूले किन गाली गरेको भनी सोध्दा कुट्न थाले पछि आफू कार्यालय बाहिर भागेको र इन्सपेक्टरको आदेशमा केही प्रहरीहरूले मलाई समाती हतकडी लगाई इन्सपेक्टर नजिक ल्याएर पुन मलाई थप्पड हानी बुटले कुटपिट गरी मेडीकल गर्न लगेको र मेडीकलमा रक्सी खाएको प्रमाणित नभए पछि दुई पटक सम्म मेडीकल गर्न लगाएको रायले बताए । २५ गते रातीदेखि २६ गते दिनभरि सम्म थुनामा राखेको र २७ गते डिआईजिले निरिक्षणको क्रममा छाडीदिन निर्दैशन दिए पनि २७ गते १२ बजे देखि ६ बजे सम्म थुनामा राखेको पीडित प्रहरी जवान रायले बताए ।
त्यसैगरी आरोपित इन्सपेक्टर ३४ वर्षीय हेमन्त राईले आफू बेलुका ड्यूटीमा जान कार्यालयमा आएको र होहल्ला सुने पछि बाहिर आई हेर्दा अनु रायले होहल्ला गरी रहेको, मर्ने मार्ने भन्दै सेन्ट्रीको बन्दुक खोस्ने प्रयास गरेको र बाहिर मर्छु भन्दै हिडे पछि प्रहरहिरूलाई नियन्त्रणमा लिन पठाएर मेडीकल गर्न पठाएको बताए । बढी होहल्ला गर्दा एक बुट हिर्काएको तर यातना नदिएको राईले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले इन्सपेक्टरले घटनाको जानकारी गराए पछि मेडीकल गरी नियन्त्रणमा राख्न आदेश दिएको बताउनु भयो । प्रदेश कार्यालयबाट डिएसपीको कमाण्डमा छानवीन टोली आएको र छानवीनको क्रममा आएको प्रतिबेदनको आधारमा दोषीलाई कारबाही हुने बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालयका डिआजी जनक भट्टराई जिल्ला प्रहरी कार्यालयको निरिक्षणमा असार २७ गते आउनु भएको थियो । घटनाको जानकारी हुनासाथ तत्कालै डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानवीन समिति बनाएर घटनाको छानवीन गर्न आउनु भएका डिएसपी महतोले हाम्रो टोलीले निश्पक्ष तरिकाले प्रबिधिको प्रयोग गरेर छानवीन गरेको र छानवीनको प्रतिबेदन पेश गर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकु नन्दन इवा लिम्बुले नेपाल प्रहरीमा धेरै सुधार भएको र अहिले प्रहरीले कसैलाई पनि कुटपिट नगर्ने गरेको बताउनु भयो । प्रहरीले अरुलाई त कुट्दैन झन् आफ्नै प्रहरीलाई यातना नदिएको बताउनु भयो । छानवीन समितिले दिएको प्रतिबेदनको आधारमा दोषी जो कोही भए पनि कारबाही प्रकृया अगाडि बढाउने बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…