प्रहरीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
ड्युटीमा रहेको अवस्थामा प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले ६ जना युवालाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
सोलुदूधकुण्ड नगरपालिका–११ मा प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ का २५ वर्षीय विजय मगर,सोलुदूधकुण्ड नगरपालिका–८ का २४ वर्षीय शेरबहादुर मगर,सोही ठाँउका ४५ वर्षीय भीमबहादुर मगर,सोलुदूधकुण्ड नगरपालिका–११ का ४० वर्षीय चन्द्रबहादुर मगर,सोही ठाँउका ३८ वर्षीय मोहन कार्की र ३५ वर्षीय फूर्वा शेपालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकुनन्द ईवा लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
सोलुदूधकुण्ड नगरपालिका–११ मा रहेको अस्थायी प्रहरी चौकीका ४२ वर्षीय असई सरयुग महतो,प्रहरी हवल्दार ३६ वर्षीय नवराज खड्का र २७ वर्षीय जवान नवराज कार्कीमाथि भदौ ७ गते हातपात भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मन्दीप चौहानले बताउनु भयो । इन्स्पेक्टर चौहानका अनुसार आरोपितहरू मदिरा सेवन गरी होहल्ला गर्दै बसेको र प्रहरीले सम्झाउने क्रममा प्रहरीमाथि हातपात भएको हो ।
हातपातबाट सामान्य चोट लागेकाहरूको जिल्ला अस्पतालमा उपचार भएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…