प्रहरीमाथि कुटपिट गरेकाे आरोपमा दुई युवा गिरफ्तार
पर्वतको महाशिला गाउँपालिकाको इलाका प्रहरी कार्यालय लुंखुका असई कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा चैत ११ गते पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
चैत ११ गते दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको र तत्काल इलाका प्रहरी कार्यालय लुंखुबाट पुगेको प्रहरी टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई कुटपिट गरेका थिए ।
पीडित पनेरुका अनुसार हतकडी लगाउने क्रममा आफुलाई कन्चटमा हानेर भागेको र तत्काल महाशिला गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहयोगमा गिरफ्तार गरिएको थियो ।
स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत रहेका पनेरुलाई कन्चटमा गहिरो चोट लागेको र उपचारका क्रममा ४ वटा सुचर (टाँका) लगाइएको पीडित पक्षकाे भनाइ छ ।
आरोपित युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत १२ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको छ । आरोपित युवाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतमा चैत १२ गते गरिएको प्रहरी कार्यालय मुद्दा शाखाका सबइन्स्पेक्टर मोहन खड्काले जानकारी दिनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…