प्रहरीमाथि आक्रमण गरेको आरोपमा ११ जना गिरफ्तार
प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय महेन्द्र शाही, प्रहरी सहायक हवल्दार २९ वर्षीय किशोर रजवार र प्रहरी जवान २५ वर्षीय वीरेन्द्र शाहीमाथि आक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले ११ जना स्थानीयहरुलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
भाइटिकाको दिन कात्तिक २९ गते महवै गाउँपालिका–७ राम्नीका धनजय चौलागाईँको घरमा भएकाे विवाद नियन्त्रण गर्न पुगेका प्रहरी टाेलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ११ जनालाई आरोपितहरुलाई घरबाटै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो । ।
गिरफ्तार पर्नेमा महावै गाउपालकिा–७ का २२वर्षीय प्रकाश सुनार, सोही ठाउका १८ वर्षीय राकेश सुनार, सोही वडा नम्वर–२ का २४ वर्षीय हरि कामी,२० वर्षिय लोकेश बिक, २१ वर्षीय प्रकाश काफ्ले, २८ वर्षीय मोहन बिक, २४ वर्षीय वीरेन्द्र बिक , २४ वर्षीय अग्नि प्रसाद काफ्लेर्, २१ वर्षीय भरत सुनार, १८ वर्षीय नवीन सुनार र १९ वर्षीय जनक विक रहनु भएको डिएसपी केसीले बताउनुभयो ।
घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर संकेत विकले जानकारी दिनुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…