प्रहरीद्वारा स्थानीयलाई धम्की दिएको आरोप
खार्पुनाथ गाउँपालिका–५, याङचुका स्थानीय ३३ वर्षीय धनबहादुर परियारलाई मुगु जिल्ला घर भइ खार्पुनाथ गाउँपालिका–५ स्थित याङचु प्रहरी चौकीमा कार्यरत सई ४५ वर्षीय लोकजन बुढाले धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् ।
गाउँपालिका कार्यालय नजिकै रहेको स्थानमा तरकारी व्यवसायी गर्दै आएका कृषक परियारलाई भदौ १९ गते पटक पटक धम्की दिने गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित परियारले आफ्नो तरकारी बारी र प्रहरी चौकीसँगै रहेकोले उक्त बारीमा जाँदा आउँदा अपशब्द बोल्नुका साथै सई बुढाले बाटो बन्द गर्ने, ड्रममा तरकारीका लागि बनाएको मललाई खनाएर खेर फालिदिने, मदिरा सेवन गरी दलित भनेर आफू र आफ्नी पत्नीलाई धम्क्याउने गरेको बताउनु भयो ।
पटक पटक धम्कीपूर्ण भाषा बोलेको भन्दै पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनु भयो । पीडित पक्षले दिएको उजुरीको आधारमा तत्काल सो प्रहरी चौकीमा रहेका सईको ठाउँमा अर्को इन्चार्ज पठाउने र आरोपित विरुद्ध थप अनुसन्धान गरिने इन्स्पेक्टर चन्दको भनाइ छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…