प्रहरीद्वारा वडा अध्यक्षमाथि दुर्व्यवहार

  ०७९ साउन २ गते

तिलोत्तमा नगरपालिका–४ का वडा अध्यक्ष ६० वर्षीय हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका  डिएसपी ठगबहादुर केसीले दुर्व्यवहार गरेका छन् ।

क्षेत्रीलाई केसीले साउन १ गते बजेट पास गर्नका लागि बोलाइएको नगर सभामा नेकपा एमाले समर्थक जनप्रतिनिधिहरूलाई हस्ताक्षर गर्न नदिएर गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगितको विरोधमा अवरोध गरेको आरोपमा स्वीमिङ पुलमा  थिए ।

कार्यपालिका सदस्य सुरेन्द्र श्रीले मुटुरोगीसमेत रहेका ज्येष्ठ नागरिकलाई शक्तिको आँडमा प्रहरीले लछार पछार गरेको बताउनु भयो ।

साउन १ गते मणिग्राम पार्टी प्यालेसमा आयोजना गरिएको नगर सभामा नगरपालिकाको बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जन प्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएको आरोपमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका थिए ।

नारा जुलुस गरीरहेको अवस्थामा डिएसपी केसीले वडा अध्यक्ष क्षेत्रीलाई स्वीमिङ्ग पुलमा खसालेपछि एमालेका अन्य जनप्रतिनिधिले चर्को विरोध गरेका थिए ।

घटनाका विषयमा डिएसपी केसीले सामान्य धकेला धकेल भएको र आफूले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको उद्धार गर्ने क्रममा भिडलाई नियन्त्रण लिने क्रममा  सामान्य घटना भएको बताउनु भयो ।

घटनाका विषयमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले सबै विषयमा मिलेर अगाडि बढिरहेको र बजेट पास पनि मिलेरै अगाडि बढेका सन्दर्भमा न्यायिक समिती गठन प्रकृयामा आफ्नो दलबाट निर्वाचित एक जना सदस्यलाई सहभागी गराएर अगाडी बढौ जसबाट न्याय सम्पादन विस्वासिलो हुन्छ भन्ने विषयमा उप प्रमुखले नमानेर आफ्नो अडान नछाडेकाले समस्या आएको बताउनु भयो ।

घटनाका विषयमा नगर उप्रमुख जागेश्वरीदेवी चौधरीले संविधानले व्यवस्था गरेको अधिकारको प्रयोग गरि नगर सभाबाटै पारित गर्नुपर्ने विषयलाई पछिल्ला बैठकमा गरौला भनी वास्ता नगरको र  नेपाली कांग्रेसका  जनप्रतिनिधिलाई राखेर नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले छुट्टै बैठक गरी माइन्युट तयार गरेको बताउनु भयो ।


रीमा बिसी