प्रहरीद्वारा महिलामाथि कुटपिट
शुभकालिका गाउँपालिका–८ की ३५ वर्षीया मनिषा कामीलाई माघ २ गते जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर भुपेन्द्र शाहीले कुटपिट गरि घाइते बनाएको आरोप लागेको छ ।
छोरीलाई शाब्दिक दुर्व्यवहार भएको विषयमा निवेदन दिन जिल्ला प्रहरी कार्यालय गएको समयमा आफूमाथि इन्स्पेक्टर शाहीले कुटपिट गरेको पीडित कामीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
प्रहरीको कुटाइबाट पीडितको घाटी र कानमा चोट लागेकाले जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख रत्नविर सुनारले बताउनुभयो ।
प्रहरी इन्सपेक्टर शाहीले आफूले कुटपिट नगरेको बरू झडप हुन लाग्दा नियन्त्रण गर्ने क्रममा चोट लागेको हुनसक्ने बताउनुभयो ।
छोरीलाई दुर्व्यवहार गर्ने रेडियो नयाँ कर्णाली कालिकोटमा कार्यरत चामुण्डा विन्दासैनि नपा–४ का २३ वर्षीय ललित विष्ट बिरूद्ध उजुरी दिन लाग्दा इन्स्पेक्टरले छोरीको पक्ष लिएको भन्दै आफूलाई कुटपिट गरेको पीडितको आरोप छ ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सिद्धराज न्यौपानेले आफू जिल्ला बाहिर रहेकोले जिल्ला फर्केपछि दोषि उपर कारवाही गरिने बताउनुभयो ।
घटनाका विषयमा सुनुवाई नभएको भन्दै पीडित पक्षले कुनैपनि निकायमा उजुरी दिएका छैनन ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…