प्रहरीद्वारा दुई जना बालिका सहित चार जनाको उद्धार

इलाका प्रहरी कार्यालय जमुनाहाले असोज १२ गते भारत र भारत हुँदै खाडी मुलुक जाँदै गरेका दुई जना बालिकासहित चार जनाको उद्धार गरेको जनाएको छ ।

दाङकी १४ वर्षीया दुई जना बालिका र जाजरकोटकी २३ वर्षीया र झापाकी २२ वर्षीया महिलालाई प्रहरीले उद्धार गरी केआई नेपालको सेल्टरमा पठाइएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद क्षेत्रीले जानकारी दिए ।

उनीहरू मध्ये एक जनालाई सीमानाबाट नेपाल प्रहरीले र अन्य तीन जनालाई भारतीय प्रहरीले सोधपुछका क्रममा भारत जान लागेको थाहा पाए पछि नेपाल प्रहरीलाई बुझाएको इन्स्पेक्टर खत्रीले बताए ।

उनीहरू दाङबाट सात दिन अघि हिँडेको र दाङ प्रहरीले जारी गरेको हुलियाका आधारमा सीमा नाकाबाट उद्धार गरिएको क्षेत्रीले बताए ।


विनोद पाण्डे