प्रहरीद्वारा दुई जना बन्दकर्ता गिरफ्तार

  ०७८ फागुन ४ गते

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोधमा उत्रिएका दुईजना बन्दकर्तालाई इलाका प्रहरी कार्यालय भालुवाङले फागुन ४ गते गिरफ्तार गरेको छ ।

राप्ती गाउँपालिका – २ लालमटिया चोकमा बन्द गराउदै हिडेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी निकट थारू मुक्तिमोर्चाका जिल्ला सदस्य राप्ती गाउँपालिका – १ का ३० वर्षीय अशोक चौधरी र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सन्धीखर्क नगरपालिका – २ घर भइ हाल राप्ती गाउँपालिका –२ बस्ने २२ वर्षीय मनोज थापालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएका दुबै जनालाई इलाका प्रहरी कार्यालय भालुवाङको हिरासत राखिएको छ ।


जयनारायण पुन