प्रहरीद्वारा ट्रमा सेन्टरका डाक्टरमाथि कुटपिट
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको आरोपमा ०७९ माघ २७ गते प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको छ । प्रहरीको कुटपिटबाट डा. सिंहको कन्चटमा चोट लागेको छ ।
प्रहरीको कुटपिटबाट घाइते डा. सिंहका अनुसार ०७९ माघ २७ गते अस्पतलमा अप्रेशन सकाएर घर फर्कने क्रममा वीर अस्पतालअघिको आकाशे पुल नजिक फुटपाथमा साइकल रोकेर राखेका बखत प्रहरी हवल्दार शम्भूजंग गुरुङले साइकल पार्किङमा लगेर जान भनेको र आफूले पार्किङ अस्पतालको दुई तला मुनि छ, त्यहि बस्छु भन्दा ती प्रहरीले एक्कासी मुक्का हानेको बताउनुभयो ।
प्रहरीको कुटपिटबाट घाइते डा. सिंहको वीर अस्पतालको अब्जरभेसन वार्डमा राखेर उपचार भईरहेको वीर अस्पतालका डा. जनकराज पोखरेलले जानकारी दिनुभयो ।
आफ्ना सहकर्मीमाथि कुटपिट भएपछि ट्रमा सेन्टर र वीर अस्पतालमा कार्यरत डाक्टरले डा. जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीमाथि कारवाही गर्नुपर्ने भन्दै वीर अस्पताल अगाडि केहीबेर आन्दोलन गरेका थिए ।
यसैबीच घटनामा संलग्न भएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…