प्रहरीद्वारा कम्युनिष्ट पार्टीका ३२ जना कार्यकर्ता गिरफ्तार
मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतासहित ३२ जना कार्यकर्तालाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ ।
सो पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकको तेश्रो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका कार्यकर्तालाई प्रहरीले कार्यक्रमस्थल सहित विभिन्न स्थानबाट गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुहरी कोइरालाले विराटनगरबाट ३२ जनालाई गिरफ्तार गरिएको बताए ।
प्रहरीले विराटनगर बजारस्थित विप्लटमा आयोजना गरिएको कार्यक्रम नगर्न आग्रह गरेको भएपनि स्थान परिवर्तन गरी सन्सारीमाईस्थानमा कार्यक्रम गर्न लागेको अवस्थामा गिरफ्तार गरेको सो पार्टीका जिल्ला सेक्रेटेरी योगेनले बताए ।
प्रहरीले विराटनगरको राजवंशी चोकवाट केन्द्रिय नेताद्वय हेमन्तप्रकाश ओली र पदम राईलाई समेत गिरफ्तार गरेको योगेनले बताए । राई पुर्व राज्यमन्त्री समेत हुन ।
युगेनले सोधपुछ गर्नु छ भनी कार्यक्रम स्थलबाट सहभागी सवार एउटा गाडी र तीन दर्जनभन्दा बढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा सहभागी हुन आउने क्रममा कानेपोखरी, बेलवारी, केरावारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवालगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यसमा रहेका २ सय ९३ जना कार्याकर्तालाई पनि नियन्त्रणमा लिएर विराटनगरतर्फआउन नदिएको सो पार्टीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कोइरालाले उनीहरूलाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको र सोधपुछ पछि छाडिने बताए ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…