प्रहरीद्वारा आठ जना बन्दकर्ता गिरफ्तार
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेजीको माग गर्दै फागुन ४ गते आयोजित नेपाल बन्द सफल पार्न खटिएका आठ जना बन्दकर्तालाई तनहुँ प्रहरीले गिरफ्तार गरेको छ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आह्वान गरेको नेपाल बन्द सफल पार्न सडकमा नारा लगाउँदै हिडे्का बन्दकर्ताहरूलाई दमौलीको भोर्लेटार चोकबाट प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार गरिएकोमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रोल्पा घर भइ हाल तनहुँ बस्ने ४० वर्षीय पुर्णजित पुन र ४५ वर्षीय रुपेश वाग्ले, सो पार्टीका जिल्ला सचिव ऋषिङ गाउँपालिकाका ३५ वर्षीय राजु विक एटम, जिल्ला सदस्य एवमं व्यास नगरपालिका इञ्चार्ज व्यास नगरपालिका–१ का ४५ बर्षीय ओमबिक्रम पन्त, मगर मुक्ति मोर्चाका जिल्ला अध्यक्ष ५० वर्षीय धनबहादुर राना, मजदुर संगठनका जिल्ला सदस्य ४५ वर्षीय चिजबहादुर भण्डारी, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष व्यास नगरपालिका–३ का ४५ वर्षीय नेत्र रानाभाट र नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सचिव भिमाद नगरपालिकाका ४५ वर्षीय नारायण लम्साल रहेका छन् ।
गिरफ्तार गरिएका सबैलाई साँझ पाँच बजे रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…