प्रहरीको लाठी चार्जबाट पत्रकार र सर्वसाधारण घाइते
स्थानीय तह निर्वाचन अन्तरगत नारायण नगरपालिकाका जनप्रतिनिधिको मतगणना भइरहेको अवस्थामा जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अदालत बाहिर युवाहरूबीच विवादले उग्ररुप लिएपछि जेठ २ गते राति प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन् ।
जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि युवाहरूको दुई समूहबीच भएको आपसी विवाद साम्य पार्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गर्ने क्रममा केही व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका डीएसपी भुवनेश्वर साहले जानकारी दिनु भएको छ ।
युवाहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि लाठी चार्ज गरेका हुन ।
लाठी चार्जबाट दुई पत्रकारसहित नारायण नगरपालिका–७ की डिलमाया शाहीलगायत सर्वसाधरण घाइते भएका छन् । लाठी चार्जबाट नेपाल पत्रकार महासङ्घ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटा र रेडियो नेपालमा कार्यरत भीमबहादुर सिजापती घाइते छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यता युवाहरूको ढुङ्गा प्रहारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको प्रहरीको भनाई छ । घाइतेहरूको जेठ २ गते राति नै स्थानीय मेडिकलमा उपचार गरी घर फर्किएका प्रहरीले बताएको छ । घटनाको सन्दर्भमा नेपाल पत्रकार महासङ्घ, दैलेख शाखाका अध्यक्ष यज्ञराज थापाले जेठ ३ गते विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहीको माग गर्नु भएको छ ।
मतगणनाको नतिजा सुन्न सडकमा उभिएका सर्वसाधारण र समाचार सङ्कलन गर्न गएका पत्रकार माथि लाठी चार्ज भएकोले यो क्षम्य हुन नसक्ने मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बिशाल सुनारको टिप्पणी छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…