प्रहरीको लाठीजार्चबाट चारजना प्रदर्शनकारी घाइते
'म राष्ट्रभक्त हुँ' भन्ने एक समूहले भदौ १६ गते नेपालगञ्जको वीरेन्द्र चोकमा प्रहरीलाई झुक्याएर स्वर्गीय वीरेन्द्र विरविक्रम शाहदेवको शालिक राखेपछि प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा प्रहरीले चलाएको लाठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का २९ वर्षीय चन्द्र हमालको टाउकोमा चोट लागेको छ । त्यसैगरी प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का ४९ वर्षीय मनोज श्रेष्ठ, नेपालगञ्ज उमनपा-२७ का ३२ वर्षीय मनोज जिएम, नेपालगञ्ज उमनपा-१६ का ३८ वर्षीय विजय गुरूङ सामान्य घाइते भएका छन् ।
घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको 'म राष्ट्रभक्त हुँ' समूहका तेज नारायण कँडेलले जानकारी दिए । उनले देशभक्त नागरिकले स्वतस्फूर्त रूपले शालिक राखेको बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले झण्डा राख्ने अनुमति लिएका प्रदर्शनकारीले झुक्याएर शालिक राखेको बताए । शालिक राख्दा अन्य राजनीतिक दलका कार्यकर्ता आएर विरोध गर्न सक्ने र सम्भावित झडपलाई रोक्नका लागि लाठिचार्ज गर्नुपरेको प्रहरीको भनाइ छ । उक्त घटनामा प्रहरीतर्फकोही घाइते नभएको एसपी राईले बताए । २०६२/०६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले स्वर्गीय विरेन्द्रको शालिक तोडफोड गरेपछि यहाँ कसैको पनि शालिक राखिएको थिएन ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
मानव वेचविखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बिक्री गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…