प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा अध्यक्ष ४६ वर्षीय लक्ष्मीप्रसाद भाम, ५० वर्षीय शिक्षक कृष्णप्रसाद भाम र ३९ वर्षीय नेकपा एमाले जिल्ला कमिटिका सचिब डवल रोकाया घाइते रहेका छन ।
भमबाडा फुटबल क्ल्ब र रेडपाण्डा क्ल्बका खेलाडीहरु बीच जेठ २३ गते भएको विवादका बारेमा भएको छलफलमा प्रहरीको लाठीचार्जबाट घाइते भएका हुन् । घाइते वडा अध्यक्ष लक्ष्मीप्रसाद भामको टाँउको,छाती र ढाँडमा चोट लागेकोले मुगुमा उपचार हुन नसकी प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका डाक्टर कर्णराज भामले बताउनु भयो । उहाँका अनुसार अन्य दुईजनाको मुगु अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा दुबैपक्ष बीच छलफल भैरहेको समयमा नेकपा एमाले जिल्ला कमिटी मुगुका सचिव डवल रोकायाको नेतृत्वमा आएको टोलीले प्रहरी माथि दुर्वव्यहार तथा ढुङ्गामुडा गर्न थालेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी महेश बस्नेतले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…