प्रहरीको पहलमा बाल विवाह रोकियो
कपिलवस्तु नपा-१२ बस्ने लक्ष्मण यादवले आफ्नै नाबालिका छोरी १४ वर्षीया सन्जु यादवलाई साविक भगवानपु गाविस ५ हाल कृष्णनगर नपा १२ हथिहवागढमा विवाह गराई रहेकोमा प्रहरीले रोक लगाउनुको साथै बालविवाह गराइदिने बाबुलाई प्रहरीले ०७४ वैशाख २३ गते नियन्त्रण लिएको थियो ।
'बालविवाह हुन थालेको भन्ने सूचना कार्यालयमा प्राप्त भई प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नविन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बालविवाह गराइरहेको अवस्थामा बाबु लक्ष्मण यादवलाई तत्काल नियन्त्रमा लिई बालविवाह हुनबाट रोकेको हो ।'-जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाल विवाह गराई दिने बावु लक्षण यादवलाई प्रहरी कार्यालयमा ल्याई अब आइन्दा उमेर नपुगी छोरा छोरीको विवाह नगने शर्तमा कागत गरी ०७४ वैशाख २३ गते निजको अविभावकको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…