प्रहरीको गोली लागि तीन जनाको मृत्यु
सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन मेहताको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको मृत्यु भएको राससले जनाएको छ ।
झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा धरानमा मृत्यु भएको जनाइएको हो । त्यस्तै प्रहरीको गोली लागेर सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो।
सोमबार राजविराजको औद्योगिक क्षेत्रमा नेकपा एमालेको मेची महाकाली अभियानको कार्यक्रम सकिएपछि सभास्थल बाहिर मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको थियो। प्रहरीले हवाई फायर गर्दा पनि प्रदर्शनकारीले ढुङ्गामुढा गर्न नछोडेपछि गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ ।
नेकपा (एमाले)को मेची–महाकाली जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको हो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर घाइते भएका अन्य सात जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको राससले जनाएको छ । घाइतेमध्ये तीन जनाको पेटमा गोली लागेको बताइएको छ । प्रहरीको गोली लागेर दीगम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका छन् ।
मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन र सभास्थलको सुरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले बताए ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरी घटनाको विरोधमा फागुन २३ गते साँझ सिरहाको गोलबजारमा विआर ५१ ए ४०१३ नं को भारतीय ट्रकमा आगजनी गर्नुका साथै दर्जनभन्दा बढी सवारी साधनहरुमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सो क्रममा आधा दर्जन भन्दा बढी यात्रुसमेत घाइते भएको र घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…