प्रहरीको गोलीबाट विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्जको मृत्यु
बागमती नगरपालिका–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारवाहीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले असार ५ गते विज्ञप्ति जारी गरी यस घटनाको पुष्टि गरेको हो ।
लालबन्दी नगरपालिका–१ लखनदेवी जङ्गलमा दुई ओटा मोटरसाइकलमा लालबन्दीबाट उत्तरतर्फ गइरहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि फयरिङ गरेपछि प्रहरीले आत्मरक्षाका लागि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको छ ।
फरार तीन जनाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्गवामा पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट विष्फोटनको लागि प्रयोग हुने डेडकर्ड तीन फिट, फ्युज वायर पाँच फिट, मेड इन युएसए लेखिएको रिभल्वर एक थान, सोमा लाग्ने चार राउण्ड गोली, मृतकको झोलाबाट एक थान कटुवा पेस्तोल, सोमा लाग्ने दुई राउण्ड गोली, अखिल नेपाल भूमिहीन सुकुम्बासी सङ्घ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्त एफजे मोटसाइकल एक थान बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…