प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते

  ०८० जेठ १६ गते

सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया शुशिला ढकाल र सिमकोट गाउँपालिका छेडेका २१ वर्षीय नितेश खड्का रहेका छन् । प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका हुन् ।

जेठ १३ गते राति ११ बजे तिनकुने चौकबाट मंगलगढीचौक तर्फ जादैँ गरेको कर्णाली प्रदेश ०२००१ ज ०५७३ नम्बरको जिपमा सोहि दिशाबाट जाँँदै गरेको कर्णाली प्रदेश ०२००२ प ७८७४ नम्वर को मोटरसाईकील बुलबुले गेट अगाडी ठोक्किदा हुम्लाको ताजाकोट गाउँपालिका –१ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–११ का ३५ वर्षीय अकबीर खड्काको अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर मृतकका आफन्तहरुले  बसपार्क र तीनकुने लगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एयरपोर्टचोकमा रहेको प्रहरी बिट तोडफोड गर्नुको साथै केही समय सडक समेत बन्द गराएका थिए । घटनाका विषयमा प्रहरीले तोडमोड गर्न खोजेको पीडित पक्षका आफन्त रत्नप्रसाद शर्मा जैसीले बताउनु भयो । घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने र पीडितका परिवारलाई न्याय दिलाउने गरी क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने आफन्तको माग छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण बहादुर शाहीले घटनाका विषयमा दुवै पक्षबिच छलफल जारी रहेको बताउनुभएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।

 

Photo20230530Surkhet (2)

Photo20230530Surkhet (3)

Photo20230530Surkhet (1)


प्रभाकुमारी रावत