प्रहरीको कुटपिटबाट घाइते भएको पीडितको आरोप
जनकपुरधाम उपमहानगरपालिका–४ माछाबजार बस्दै आएका १८ वर्षीय सुमितकुमार यादव र ३८ वर्षीया आमा निर्मलादेवी यादवलाई प्रहरीले कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका असई गयाप्रसाद चौधरी र प्रहरी हवल्दार धर्मेन्द्रप्रसाद साहले गस्तीमा रहेको बेला उहाँहरूलाई असोज ५ गते राति ९ बजे कुटपिट गरेको आरोप छ ।
असोज ५ गते राति नियमित चेकजाँच भइरहेको समयमा मोटरसाइकलको कागजपत्र र लाइसेन्स घरमै बिर्सेर मोटरसाइकल चलाउँदै गरेका सुमितकुमार यादवले प्रहरीलाई छलेर घरतर्फ गएको प्रहरीको भनाइ छ ।
प्रहरीद्वयलाई शङ्का लागेर सुमितलाई पछ्याउँदै घरसम्म आएर घरभित्रबाट निकालेर पाइपले कुटपिट गरेको पीडितका दाइ लवकुमार यादवले बताउनु भयो ।
प्रहरीले मदिरा सेवन गरी सुमितकुमार यादवलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । प्रहरीले कुटपिट गरिरहँदा छुट्याउन पुग्नु भएकी निर्मलादेवी यादवलाई प्रहरीले हेल्मेटले टाउकोमा प्रहार गरेको घटनाका प्रत्यक्षदर्शी रवि चौधरीले बताउनु भयो ।
घटनाको भिडियो रेकर्ड गरेको आरोपमा रवि चौधरीलाई समेत प्रहरीद्वयले कुटपिट गरेको पीडितको आरोप छ ।
घाइतेहरूको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरी उपर हातपात गरेको आरोपमा २५ वर्षीय रवि चौधरी र २६ वर्षीय दिपेश झालाई गिरफ्तार गरिएको बताउनु भयो ।
डिएसपी क्षेत्रीले प्रहरी गयाप्रसाद यादव शुद्ध शाकाहारी भोजन खाने र मासु, मदिरा नखाने भएकोले सुमित यादवको परिवारले मदिरा सेवन गरेको भनि लगाएको आरोप निराधार रहेको बताउनु भयो । उहाँले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…