प्रहरीका लागि आधारभूत मानव अधिकारसम्बन्धी प्रशिक्षण सम्पन्न

  २०८० असोज २०

जिल्ला प्रहरी कार्यालय, डोटी र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सयुक्त आयोजनामा प्रहरीका लागि अधारभूत मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम ०८० असोज १८ गते जिल्ला सरदमुकाम, सिलगढीमा सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्लास्थित बिभिन्न प्रहरी चौकीमा कार्यरत इन्स्पेक्टर, सई, असई, प्रहरी हबल्दार तथा जवानहरु सहभागिरहनु भएको आधारभूत मानव अधिकार तालिममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले सहजीकरण गर्नुभएको थियो ।

photo20231005doti (3)

मानव अधिकारको विकासक्रम, मानव अधिकारका विषेशता, मानव अधिकार संरक्षणमा प्रहरीको भूमिका, मानव अधिकारका चुनौति, प्रहरी ऐनमा भएका व्यवस्था र कार्यान्वयनको अवस्था लगायतका विषयमा इन्सेक प्रदेश संयोजक जोशीले प्रशिक्षण दिनुभएको थियो । .

मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रमबाट सिकेको शिप र ज्ञानलाई कार्य क्षेत्रमा लागु गरिने सहभागिहरुले प्रतिवद्धता जाहेर गर्नु भयो ।

प्रहरीका लागि आयोजित आधारभूत मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रमले मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले विश्वास व्यक्त गर्नु भयो ।

photo20231005doti (4)


प्रेमबहादुर भण्डारी