प्रसूती केन्द्र बन्द गरिएपछि सेवाग्राही समस्यामा
पञ्चेश्वर गाउँपालिका भित्र सञ्चालनमा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएपछि स्थानीय सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ ।
पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएका हुन् । प्रसूती केन्द्रहरु बन्द भएपछि सुरक्षित सुत्केरी हुन अप्ठेरो पर्ने स्थानीय गम्भिर चन्दले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडक पुगेपछि नियमिति सडक सञ्चालन नहुँदा टाँढा जान समस्या हुन्छ । प्रसूती केन्द्र बन्द गर्नु पर्ने थिएन् ।’
गाउँपालिकाले प्रसूती केन्द्र बन्द गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाहरु आक्रोशित भएका छन् । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा गाउँपालिकाले खेलवाड गरेको स्थानीयहरुको आरोप छ । स्वास्थ्य सेवा विस्तार गर्नु पर्ने ठाउँमा प्रसूती केन्द्र बन्द गर्नु निकै दुःखद भएको स्थानीय जयबहादुर चन्दले बताउनु भयो ।
स्वास्थ्य चौकीबाट टाँढा रहेका बस्तीका गर्भवति सुत्केरीहरुलाई सुरक्षित प्रसूती सेवा दिन सञ्चालनमा रहेका प्रसूती केन्द्र बन्द गरिनु नागरिकको स्वास्थ्यप्रतिको गैरजिम्मेवार कार्यभएको उहाँले बताउनु भयो ।
बजेटको अभावका कारण प्रसूती केन्द्रहरु बन्द गरिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनु भयो । स्वास्थ्य क्षेत्रको बजेटमा कटौती भएकाले प्रसूती केन्द्रहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।
६ ओटा स्वास्थ्य चौकी बाहेक पञ्चेश्वर गाउँपालिका क्षेत्रका चार ठाउँमा थप प्रसूती केन्द्रहरु सञ्चालनमा रहेको भए पनि स्वास्थ्य क्षेत्रको बजेट ३३ लाखबाट घटेर २० लाख रुपियाँमा झरेको र बजेटको अभावमा प्रसूती केन्द्रहरु सञ्चालनमा समस्या आएको उहाँको भनाइ छ ।
पञ्चेश्वर गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले समस्यामा परेका आमाहरुलाई एम्बुलेन्समार्फत नजिक्को स्वास्थ्य संस्थामा ल्याउन सकिने अवस्था रहेको शाह बताउनु हुन्छ । उहाँले भन्नु भयो ‘हाम्रो गाउँपालिकामा स्वास्थ्यचौकी बाहिर चार ओटा प्रसूती केन्द्र सञ्चालनमा छन् । कतिपयमा सेवाग्राही नआएको देखिएको छ । सबै ठाउँमा सडक पुगिसकेको र स्वास्थ्य चौकीसम्म गर्भवतीलाई पुगाउन एम्बुलेन्सको प्रयोग गर्न सकिने भएकाले हामीले प्रसूती केन्द्र बन्द गर्ने निर्णय गरेका हौँ ।’
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सबै वडामा सडकको पहुँच पुगिसकेकाले प्रसूती केन्द्र बन्द हुँदा समस्या नहुने बताउनु भयो । गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने उहाँको भनाइ छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…