प्रशासन कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा
जिल्ला प्रशासन कार्यालय पर्सामा स्तनपान कक्ष नहुँदा सेवाग्राही सुत्केरी महिलाहरू समस्यामा पर्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा करिब सात करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने व्यवस्था गरिएको छैन । नागरिकता, पासपोर्ट, नाता प्रमाणीत लगाएतका सेवा लिन आउँदा बालबालिका लिएर आउने महिलाले छोरा–छोरीलाई स्तनपान गराउन असहज हुने गरेको उहाँहरूको भनाई छ ।
नागरिकता बनाउन आएकी पोखरिया नगरपालिका–५ की २२ वर्षीय रिमा पटेलले स्तपान कक्षको अधावमा निकै समस्या खेप्नु परेको बताइन् । सेवा लिन आउदा एक त काम छिटो छरितो हुँदैन त्यसमा पनि गर्मीमा पति पत्नी नै दुईदिन देखी धाइरहेका छौं त्यसमाथि दुधेबालकलाई बेला बेलामा स्तनपान गराउनु पर्छ बसेर स्तनपान गराउने ठाउ समेत नभएको भन्दै दिग्दारी पोख्छिन् ।
वीरगंज महानगरपालिकाको–११ रानीघाटकी २३ वर्षीय ललिता देवीको पनि पीडा उस्तै छ । उनीहरू पति पत्नी नागरिकताको लाइनमा छन् । दुधे बालकलाई लिएर ससुरा प्रशासन कार्यालय अगाडिको सानो छाहारीमा बसेका छन् । काम नहुँदाको आक्रोश त छदैछ । गर्मीका कारण आएको पसनिाले गर्दा बच्चाले राम्रोसंग दुध खान नपाएको उनको गुनासो छ ।
पटेर्वा सुगौली गाउँपालिका–ं१ क्ञ्चनपुर की २४ वर्षीय फतमा खातुनको पनि समस्या त्यही नै छ । उनले बच्चालाई स्तनपान गराउनका लागि सामान्य ठाउ समेत नभएको भन्दै गुनसो गरिन् ।
सार्वजनिक तथा निजी सङ्घसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर पर्सा जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी संस्थामा यसको व्यवस्था छैन । नयाँ बन्दै गरेका पूर्वाधारहरूमा समेत स्तनपान कक्षको व्यवस्था नगरिएको प्रति महिलाअधिकारकर्मी लक्ष्मी उप्रेतीको गुनासो छ ।
कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीका बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालयमै स्तनपान कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकांश कार्यालयमा यसको अभ्यास भएको पाइँदैन ।
स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तव्य भए पनि व्यवस्थित कक्ष सञ्चालन नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।
जिल्लाका सबै सार्वजनिक कार्यालयहरूमा स्तनपान कक्ष निर्माण र सञ्चालन गर्न माग गरेको महिला अधिकारकर्मी उप्रेतीले बताउनु भयो ।
कृष्णचन्द्र लामिछाने
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…