प्रशासनद्वारा मोरङमा सभा-सम्मेलन गर्न रोक
राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका-१५ मा वैशाख ५ गते निकालेको र्यालीका क्रममा मुस्लिम समुदायका युवासँग झडप भएको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा सभा-सम्मेलनमा रोक लगाएको छ ।
प्रशासन कार्यालयले ०८१ वैशाख ६ गते विहान १० बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा विना अनुमति सभासम्मेलनमा रोक लगाएको हो ।
प्रशासनले आवश्यक समन्वय नगरी राजनैतिक सभा, सम्मेलन, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारको र्याली, भेला, प्रदर्शनलगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको वैशाख ६ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षाको सम्वेदनशीलतालाई मध्यनजर गरी सभासम्मेलन गर्न अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बताउनु भयो । उहाँले प्रशासनसँग अनुमति लिए, आवश्यक सुरक्षा प्रवन्धकसहित सभासम्मेलनका लागि अनुमति दिने बताउनु भएको छ ।
विराटनगर महानगरपालिका–१५ मलायारोडस्थित रामजानकी मन्दिरमा ०८१ वैशाख ६ गते आउँदै गरेको र्यालीलाई मस्जिदको बाटो भएर हिड्न अवरोध गरेपछि झडप भए पश्चात सुरक्षा समितिले जिल्लामा चमनचयनका लागि सभासम्मेलनमा रोक लगाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी साहको भनाइ छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
बारबर्दिया नगरपालिका–५, तर्कापुरका ४० वर्षीया मीना थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा बारबर्दिया नगरपालिका–११, जब्दीका शिवप्रसाद थारुलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी…
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…