प्रशासनको अनुमतिबिना सांस्कृतिक कार्यक्रम गरेको आरोपमा दुई जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बाणगङ्गा नपा-१० दानापुरका ४० वर्षीय शम्भु थारु भनिने काजु थारु र जिल्ला सांस्कृतिक समूहका संयोजक विजयनगर गाँउपालिका-४ का ३३ वर्षीय देवकुमार देउकीलाई प्रशासनको अनुमतिबिना रातिको समयमा सांस्कृतिक कार्यक्रम गरेको आरोपमा इलाका प्रहरी कार्यालय पिपराले वैशाख १८ गते राति १० बजे गिरफ्तार गरेको छ ।

स्थानीय प्रशासन ऐन अनुरूप कुनैपनि सार्वजनिक स्थलमा राजनीतिक दलहरूले सभा सम्मेलन गर्दा स्थानीय प्रशासनको स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नु पर्नेमा बिना अनुमति रातिको समयमा कानुन विपरीत सांस्कृतिक कार्यक्रम गरेकोले कार्यक्रम स्थगित गर्न बारम्बार प्रहरीले भन्दा उल्टै प्रहरी माथी गालिगलैज, नारावाजी तथा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर राजु कार्कीले बताए ।

नेकपाले शान्तिपुर्ण रूपमा सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले हस्तक्षेप गरी आफ्ना कार्यकर्ता गिरफ्तार गरेको आरोप लगाएको छ ।


नन्दराम पौडेल