प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित, सेवाग्राहीलाई समस्या
जिल्लाका चार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ ।
स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदा समेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा समयमै सेवाग्राहीले सेवा लिन नसकेको शैल्यशिखर नगरपालिकाका स्थानीय बीरेन्द्र डागाले गुनासो गर्नु भयो । सेवा लिनको लागि प्रमुख प्रशसकीयको समय हेर्नुपर्छ । जानकारी नपाएका सेवाग्राही कार्यालय पुगेर रित्तो फर्किनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
अधिकांश काम प्रमुख प्रशासकीय अधिकृतकै जिम्मामा हुन्छ, नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीन दिन मात्रै शैल्यशिखर नगरपालिकामा सेवा दिन आउने हुँदा भनेको समयमा सेवा पाउनबाट वञ्चित हुनुपरेको उहाँले गुनासो गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा राजस्व, दैनिक प्रशासन, योजना सम्झौता भुक्तानी जस्ता कार्यमा सेवाग्राहीले समस्या झेल्नुपरेको छ ।
दुर्गमका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि यहाँका स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा छन् । नौ ओटा स्थानीय तह रहेको यस जिल्लाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम चलाउँदै आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेरै प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरेर केही दिन अगाडि मात्रै जिल्ला फकिएको भए पनि मन्त्रालयबाट व्यवस्था नगरि दिएका कारण सेवाग्राहीको काम नियमित हनु नसकेको महाकाली नगरपालिका प्रमुख नरसिह चैसिरले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘लामो समयदेखि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् ।’स्वास्थ्य शाखाबाट कर्मचारी ल्याएर काम चलाउ अधिकृत बनाएका छौं । जिल्लाको सबै भन्दा विकटको स्थानीय तह व्याँस गाउँपालिका जान भारतको बाटो प्रयोग गर्नु पर्ने भएकोले पनि यस स्थानीय तहमा कर्मचारी नै आउन मान्नु हुन्न् । कर्मचारुीको अभावले पनि सेवा प्रवाह नियमित हुन नसकेको छैन् ।’
महाकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको सात महिना बढि भयो । अहिले निमित्तको भरमा काम गर्नु पर्दा निकै समस्या भोग्नु परेको छ, नगर प्रमुख नरसिह चैसिरले भन्नु भयो, प्रमुख प्रशासकीय आउन मान्दैनन् कहाँबाट खोजेर ल्याउनु ? निमित्तका कारण दैनिक कार्यसम्पादनमै समस्या हुने गरेको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीलाई ल्याएर काम गराउनु परेको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिह धामीले बताउनु भयो । हप्तामा तिन दिन शैल्यशिखर र तीन दिन नौगाड गाउँपालिका हेर्ने गरी काम गराउनु परेको छ । प्रमुख प्रशासकीय अधिकृत पठाउन पटकपटक माग गरेका छौँ । उहाँले भन्नु भयो तर अहिलेसम्म कसैलाई पनि पठाइएको छैन् । दुहुँ गाउँपालिकामा एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीहरुले पनि समस्या झेल्दै आएनुभएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…