प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलमाथि अपरिचित व्यक्तिहरूको समूहद्वारा ढुङ्गा प्रहार
जुम्ला घरभई हाल हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत निमित्त प्रमख प्रशासकीय अधिकृत ४० वर्षीय टकदत्त प्याकुरेलमाथि साउन ८ गते साँझ ७ बजे अपरिचित व्यक्तिहरूको समूहले ढुङ्गा प्रहार गरेको पीडितले आरोप लगाउनु भएको छ ।
अधिकृत प्याकुरेलको अदानचुली गाउँपालिका–२ श्रीनगरस्थित निवासमा कार्यपालिकाको बैठक बसिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूको समूहले ढुङ्गा प्रहार गरेको श्रीनगर प्रहरी चौकीका असई कृष्णबहादुर बुढाले जानकारी दिनु भएको छ ।
उक्त समूहले प्रहार गरेको ढुङ्गा लागेर अधिकृत प्याकुरेल सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ । गाउँपालिकामा कर्मचारी राख्ने, नयाँ प्रमुख प्रशासकीय अधिकृत राख्ने विषयमा गाउँपालिकाका पदाधिकारीबिच छलफल भइरहेको अवस्थामा अधिकृत प्याकुरेलमाथि ढुङ्गा प्रहार भएको असई बुढाले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनु भएको छ ।
आफूसहित, कार्यपालिका सदस्य, गाउँपालिकाका लेखापाल, बैङ्कका म्यानेजर आफ्नो कोठा भित्र बसिरहेको अवस्थामा माथिबाट जस्तापातामा ढुङ्गा प्रहार गर्दा लागेको अधिकृत प्याकुरेलले बताउनु भयो ।
आफूमाथि ढुङ्गा प्रहार गरेको घटना सम्बन्धमा कसैमाथि शङ्का नभएको र रातको समय भएकाले ढुङ्गा हान्ने व्यक्ति चिन्न नसकिएको प्याकुरेलले बताउनु भयो । जथाभावी ढुङ्गा हानेपछि उक्त ढुङ्गा आफ्नो ढाडमा लागेको प्याकुरेलले जानकारी दिनु भयो ।
ढुङ्गा लागेर सामान्य घाइते भएका अधिकृत प्याकुरेललाई साउन ८ गते श्रीनगर स्वास्थ्य चौकीमा उपचार पश्चात साउन ९ गते घर फर्किएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हंस महताराले बताउनु भएको छ ।
ढुङ्गा प्रहार गरे लगत्तै पीडित पक्षले आरोपितको खोजी कार्य गरी कारवहीको माग गर्दै साउन ८ गते श्रीनगर प्रहरी चौकीलाई उजुरी दिएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…