प्रमुख प्रशासकीय अधिकृत शाहीलाई वडाध्यक्षले दुर्व्यवहार गरेको आरोप
राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई ०८१ वैशाख १० गते राजापुर नगरपालिका-२ का वडा अध्यक्ष रामचन्द्र चौधरीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
कार्यालय प्रमुखका कार्यकक्षमा वडा अध्यक्षले कार्ययल प्रमुखमाथि भएको घटनाको छानविन गरी दोषीलाई कडा कारवाही हुनुपर्ने कर्मचारीहरूले माग गरेका छन् । कर्मचारीहरूले वैशाख ११ गते विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतमाथि भएको दुर्व्यवहार घटनाको छानविन गरी कर्मचारीहरूलाई भयरहित तवरले सेवा प्रदान गर्न वातावरण सिर्जना हुनुपर्ने कर्मचारीहरूले राजापुर नगरपालिकासँग माग गरेका छन् ।
राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीले आफूलाई दुर्व्यवहार गरेको भन्दै वडा अध्यक्ष चौधरी विरुद्ध वैशाख ११ गते जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी दिनुभएको छ ।
राजापुर नगरपालिका-२ का वडा अध्यक्ष रामचन्द्र चौधरीले कर्मचारीहरूले जारी गरेको प्रेस विज्ञप्तिप्रति आप्पत्ति जनाउनु भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरिएको भन्ने विषय कपोकल्पित र बनावटी भएको बताउनु भयो ।
बुढीकुलो सरसफाई समितिले राजापुर नगरपालिकाको बजेटबाट बुढीकुलो मुहान ओखरिया इन्टेक सरसफाई योजना अनुसार नगरपालिका कार्यालयबाट कार्ययोजना स्वीकृत भई प्रमुख प्रशासकीय अधिकृतबाट कार्यदेश भएको थियो ।
सो योजनाको काम समय अगावै कार्यसम्पन्न भएर भुक्तानीको लागि पटकपटक कार्यालयमा सम्पर्क गर्दा कार्यालयले भुक्तानी दिन मानेको थिएन । उपभोक्ता समितिले आफूसँग भुक्तानी माग गरेकोले सो रकम निकासा गरिदिन आग्रह गर्न नगरपालिका गएको बताउनु भयो ।
वडा अध्यक्ष चौधरीले भन्नुभयो-‘कार्यालय प्रमुखको कार्यकक्षमा गई भुक्तानी प्रकृया छिटो छरितो बनाउन आग्रह गर्दा कार्यकारी प्रमुख शाहीले एक्कासी जगिएर सो योजना रोकिदिने चुनौती दिँदै दादागिरी हर्कत देखाए पश्चात सोको प्रतिवाद लागि वडा अध्यक्षको हैतियतले प्रतिवाद गरेको हो । यो सत्यलाई बङ्गाएर राजापुर नगरपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गरेको हो ।’
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…