प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू
आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् ।
सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार राजपा, नेपालका महामन्त्री मनिषकुमार सुमनको तस्विर र चुनाव चिन्ह अङकित रङ्गीविरङ्गी फ्लेक्स व्यानर कात्तिक १९ गते राजविराज नपा-७ स्थित गजेन्द्र चोकको चारैतिर झुण्ड्याइएको छ ।
निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ 'झ' मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
यस विषयमा अधिकारकर्मीहरूले जानकारी गराएकोमा आचारसंहिताको उल्लङ्घन नहोस भनेर सचेत रहेको र निगरानी गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले आचारसंहिता उल्लङ्घन भएमा आयोगमा प्रतिवेदन पठाई आवश्यक दण्डात्मक निर्णय गरिने बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…