प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुतला दहन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जुम्लाले वैशाख ५ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको पुत्ला जलाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नु अराजनैतिक र असंवैधानिक कार्य भएको आरोप लगाउँदै राप्रपा जुम्लाले प्रमुख निर्वाचन आयुक्त डा. यादवको पुत्ला जलाएको हो ।
निर्वाचन आयोगलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै यदि निर्णय पुनर्विचार नभए पार्टी जस्तोसुकै कठोर निर्णयगर्न बाध्य हुने राप्रपा जुम्लाले बताएको छ ।
धर्ना तथा विरोध जुलुससहित बजार परिक्रमा गरी डा. यादवको पुत्ला जलाइसकेपछि जिल्ला प्रशासन कार्यालय अगाडि भएको कोणसभाको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रमानन्द न्यौपानेले निर्वाचन आयोगको एक पक्षीय निर्णय कुनैपनि हालतमा स्वीकार नहुने बताए ।
आयोगले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने भन्दै त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त नहुने उनको भनाइ छ । संविधान विपरित निर्णयगर्ने आयोगको पनि अधिकार नरहेको उनले दावी गरे ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…