प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप

  ०८० असोज १५ गते

मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

मिर्चैया नगरपालिका–७ स्थित अक्षर पाठशालाका प्रधानाध्यापक साहले ०८० असोज १२ गते पाइपले कुटपिट गरेको पीडित बालकका काका अजय मण्डलले बताउनु भयो । अजय मण्डलले “बाबु बेलुका स्कुलबाट घर आएपछि आफ्नी आमालाई घटना बारे जानकारी गराएको र त्यसपछि उनलाई उपचारको लागि मिर्चैया स्थित मङ्गलम अस्पतालमा भर्ना गराएको” बताउनु भयो ।

प्रधानाध्यापकले “विशाल मण्डलले विद्यालयमा छात्रालाई अपशब्द प्रयोग गरेकोले कुटपिट गरेको” बताउनु भयो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले घटनाको बारेमा जानकारी भएपनि पीडित पक्षबाट उजुरी नआएकोले कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताउनु भयो ।


दुर्गा परियार