प्रधानाध्यापकले कुटपिट गरेको शिक्षिकाको आरोप
दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सारक्षरता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका ४४ वर्षीया गोमा कार्कीले सोही विद्यालयकी ४६ वर्षीया प्रधानाध्यापक लक्ष्मी पौडेलले असार ३ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
विद्यालयको १ लाख ३२ हजार ९ सय ३१ रुपियाँको हिसाबकिताब खोजेको भन्दै प्रधानाध्यापक पौडेलले आफूलाई पानी पेटमा लात्ती हानेको पीडित शिक्षिकाको आरोप छ ।
असार ३ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेको बेला पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार ८ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार ५ सय ९६ रुपियासहित १ लाख ३२ हजार ९ सय ३१ रुपियाँको आयव्ययका बारेमा जिज्ञासा राख्दा आफूमाथि प्रधानाध्यापक पौडेलले कुटपिट गरेको पीडित शिक्षिकाको आरोप छ ।
पीडित शिक्षिका सोही विद्यालयकी पूर्व प्रधानाध्यपक विद्यालय व्यवस्थापन समिति अध्यक्ष सकुन्तला खत्रीले बताउनु भयो ।
असार ३ गते विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको अवस्थामा प्रधानाध्यापकले उहाँहरूबिच हिसाबकिताबको विषयलाई लिएर विवाद भयो, तर म टाढा भएकाले लात्ती हानेको नदेखेको अध्यक्ष खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पत्नीलाई लात्ती हान्ने प्रधानाध्यापकविरूद्ध असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका ४६ वर्षीय पति कृष्ण कार्कीले बताउनु भयो ।
पानी पेटमा लात्ती लागेका कारण पीडितको निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या भएपछि पीडितलाई जिल्ला अस्पतालले नोवेल अस्पताल विराटनगर रिफर गरेको पीडितका पति कृष्ण कार्कीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले पीडितलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको बताउनु भयो ।
पीडित पक्षले आरोपितविरूद्ध असार ४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।
अस्पतालले पीडितलाई डिस्चार्ज दिएपछि दुवै पक्ष राखि घटनाका विषयमा जानकारी लिएर कानुनी कारबाही अघि बढाउने इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…