प्रधानाध्यापकलाई हातपात घटनाका आरोपित गिरफ्तार

चौकुने गाउँपालिका–१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक हिरादेवी भण्डारीलाई हँसिया लिएर हातपात गरी ज्यान मार्ने धम्कीदिएको आरोपमा चौकुने गाउँपालिका–१ बडासैनका २२ वर्षीय छवि साउँदलाई प्रहरीले असोज २ गते गिरफ्तार भएका छन् ।

चौकुने गाउँपालिका–१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयमा भदौ ३१ गते शिक्षा दिवसको अवसरमा आयोजिक औपचारिक कार्यक्रममा सोही विद्यालयकी प्रधानाध्यापकलाई हातपात गरेको र ज्यानमार्ने धम्कीदिएको पीडितको आरोप छ ।

पीडित पक्षले आरोपितविरुद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।


जगतदल जनाला विक