प्रधानाध्यापकद्धारा विद्यार्थी कुटपिट, न्यायका लागि प्रहरीमा उजुरी
दुई कक्षामा अध्ययनरत ६ वर्षीय सञ्जय बिकलाई उनी अध्ययनरत नमूना प्राथमिक विद्यालय, बोवाङकी प्रधानाध्यापक ४२ वर्षीया हिरादेवी बुढामगरले कुटपिट गरेको भन्दै ढोरपाटन नपा–८ बोबाङकी १८ वर्षीया जानमाला बिक सदरमुकाम पुगेकी छिन् ।
विद्यालयमा पढ्न गएका भाइ सञ्जयलाई माघ २० गते प्रधानाध्यापक बुढामगरले १ सय रुपियाँ दिई आफ्नो लागि रिचार्ज कार्ड किन्न पठाएकोमा सञ्जयले पैसा हराएपछि सोही निहुँमा भाइलाई कुटपिट गरेको जानमालाको भनाई छ ।
हराएको पैसा आमा आएपछि मागेर दिन्छौँ भाइलाई नकुट्नुस् भन्दा प्रधानाध्यापक बुढामगरले आफूलाई पनि कुटपिट गरेको जानमालाले बताईन् ।
आफुहरूमाथि कुटपिट गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा जानकारी गराएको र वडा कार्यालयको सल्लाह अनुसार माघ २१ गते ढोरपाटन प्रहरी चौकीमा लिखित उजुरी समेत दिएको भएपनि प्रहरीले आफ्नो उजुरी माथि चासो नदेखाएको जानमालाले आरोप लगाइन् ।
ढोरपाटन प्रहरी चौकीका असई कृष्ण चुणली क्षेत्रीले ठाडो उजुरी परेको भएपनि आरोपित नहुँदा छलफल अगाडि बढाउन नसकेको बताए ।
अभिभावक तथा स्थानीयले विरोध गरेपछि प्रधानाध्यापक बुढामगरले उल्टै आफूमाथि अभद्र व्यवहार गरेको भन्दै माघ २३ गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा बिक परिवारको विरूद्धमा उजुरी दिएकी छिन् ।
उजुुरीपछि जिल्ला प्रहरी कार्यालय, बागलुङले पीडित सञ्जयका हजुरबुबा चन्द्र, हजुरआमा काली र आमा आसमायालाई जिल्ला झिकाएको छ ।
आर्थिक अवस्था कमजोर रहेका बिकको परिवारलाई २४ गते ढोरपाटन नगरपालिकाले १० हजार रुपिँया बाटोखर्च उपलब्ध गराएर सदरमुकाम पठाएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।
जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दिपक रेग्मीले पीडित विद्यार्थीको परिवारले ढोरपाटन प्रहरी चौकीमा उजुरी दिएको कुरामा सुन्नमा आएपनि विस्तृत जानकारी नआएको र प्रधानाध्यापक बुढामगरले आफूमाथि अभद्र ब्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि छलफलका लागि बिकको परिवारलाई सदरमुकाम झिकाइएको बताए ।
तर, माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा भएको छलफलका क्रममा प्रधानाध्यापकले विद्यार्थी र विद्यार्थीको परिवारलाई अभद्र ब्यवहार गरेको देखिएको बताए । रेग्मीले दुवै पक्षबीच छलफल चलाएको घटनाको यथार्थता बुझी पीडितलाई न्याय दिलाउने प्रतिबद्धता ब्यक्त गरे ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…