प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते
बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीका १७ वर्षीय खुमन सार्की आफ्नै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको कुटपिटबाट घाइते भएका छन् ।
प्राथनाको समयमा विद्यार्थी ढिलो आएको भन्दै शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठले असोज २ गते सार्की सहित नौ जना विद्यार्थीलाई कुटपिट गरेको पीडित खुमन सार्कीका बुवा बिरबहादुर सार्कीले बताए । प्रधानाध्यापक श्रेष्ठको कुटाइले खुमन सार्कीको देब्रे कानबाट रगत बगेको छ ।
कानबाट रगत बग्न नरोकिएपछि नारायणी सामुदायिक अस्पताल, भरतपुर चितवनमा उपचारका लागि लगिएका सार्कीलाई अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै पुरानो मेडिक कलेज भरतपुर रिफर गरेका थियो । सार्कीको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको पीडितका बुवाले बताए ।
घाइते सार्की विद्यालयबाट दिउँसो घर आएपछि घटनाबारे थाहा भएको थियो । विकट पहाडी क्षेत्र र असोज २ गते भएको बन्दका कारण सार्कीलाई राति मात्रै अस्पलात पु¥याइएको थियो ।
प्रधानाध्यापक श्रेष्ठले प्रार्थना चलेको बेलामा बिद्यालय ढिलो आएको आरोपमा खुमनसहित मनबहादुर आले, मनोज आले, होमबहादुर राना, कुलबहादुर सार्की, सन्तबहादुर थापा, रविराज राना, नरबहादुर सार्की र केशब घिमिरेलाई कुटपिट गरेको स्थानीय कृष्ण बहादुर सार्कीले बताए ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…