प्रधानन्ययाधीश विरुद्ध संसदमा दर्ता महाभियोग प्रस्ताव फिर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोगको प्रस्ताव प्रस्तावकले नै जेठ १५ गते फिर्ता लिएको राससले जनाएको छ ।

उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उनीहरूले प्रस्ताव फिर्ता लिएका हुन् ।

‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरूले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरूका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।


अनलाइन डेस्क