प्रदेश ५ का जिल्लाहरूमा उपनिर्वाचनका लागि मनोनयन दर्ता शान्तिपूर्ण
आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि प्रदेश ५ अन्तर्गत दाङ, बाँके, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा कात्तिक २७ गते शान्तिपूर्ण मनोनयन दर्ता सम्पन्न भएको छ ।
दाङ जिल्ला प्रतिनिधि जे एन सागरका अनुसार घोराही उमनपा–१६ मा हुने वडाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत पाँच ओटा दल र दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले बताए ।
खड्काका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सुरेशबहादुर केसी, नेपाली कांग्रेसको तर्फबाट ताराबहादुर डिसी, राप्रपाका प्रकाश केसी, समाजवादीकी विमला पुन र मङ्गोल नेशनलका पहलमान आलेमगरले मनोनयन दर्ता गराएका छन् भने जगलाल चौधरी र समीर वलीले स्वतन्त्र मनोनयन दर्ता गराएका हुन ।
वडा अध्यक्ष लछिनप्रसाद बुढाको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । उक्त वडामा ४ हजार ४ सय ५३ जना मतदाता रहेका छन् ।
बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोहलपुर नपा–६ को वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट रामशरण थारू, नेपाली कांग्रेसबाट कृष्ण थारू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट सुभाखर पोखरेल र नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमालले उम्मेदवारी दर्ता गराएका छन् । उक्त वडाका वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।
उप निर्वाचनको लागि कुल २ हजार २६ जना मतदाताले मतदान गर्ने भएका छन । जसमध्ये महिला १ हजार ४९ र पुरुष ९ सय ७७ जना रहेको निर्वाचन कार्यालय बाँकेका प्रमुख खोम प्रसाद सुवेदीले बताए ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार मालारानी गाउँपालिका–३ को वडा अध्यक्षको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट यमलाल खनाल, नेपाली कांग्रेसबाट सोभाखर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रणबहादुर खनालले उमेदवारी दर्ता गराएका छन् । कुल ३ हजार १ सय मतदाता रहेका यो वडामा दुई ओटा मतदान केन्द्र र चार ओटा मतदानस्थल तोकिएका छन् ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्यूठान नपा–२ को वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ती पोख्रेल र नेपाली कांगे्रसको तर्फबाट मोहनसिहं विष्ट क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।
ऐरावती गाउँपालिका–१ को वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्रोणप्रसाद पाण्डे, नेपाली कांगे्रसका अम्मरबहादुर रेग्मी र स्वतन्त्रबाट अर्जुन थापाले उम्मेदवारी दिएका छन् ।
वडा नम्बर–२ को वडाध्यक्षका लागि नेपाली कांग्रेसका भुपाल जी.सी, राष्ट्रिय जनमोर्चा नेपालका भक्तबहादुर बिक र स्वतन्त्र भिमेशकुमार घर्तीमगरले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तीन ओटै वडामा आठ ओटा मतदान केन्द्र र १२ ओटा मतदानस्थल रहेका छन् । ४ हजार ३ सय ५२ जना महिला र ३ हजार ९ सय ७४ जना पुरुष गरी कुल ८ हजार ३ सय २६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार थबाङ गाउँपालिका–१ मा हुन गइरहेको वडाध्यक्षको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारूढ दल नेकपाबाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्र भद्रबहादुर झाँक्रीले मनोनयन दर्ता गरेको थबाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले बताए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका झाँक्री यसअघि निर्वाचित वडा सदस्य हुन् । यस अघि नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता फर्कबहादुर बुढा सहितको प्यानल उक्त वडामा स्वतन्त्रबाट निर्वाचित भएको थिए । वडाध्यक्ष बुढाको गत असारमा मस्तिष्कघातका कारण निधन भएको थियो ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुरुक्षेत्र गाउँपालिका–६ बलेटक्सारमा नेपाल कम्युनिष्ट पार्टीेका तर्फबाट गिरीप्रसाद सिञ्जाली, नेपाली कांग्रेसका बेदबहादुर दर्लामी तथा स्वतन्त्र मनबहादुर दर्लामीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।
रुरु क्षेत्र गाउँपालिका–६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पुर्णबहादुर रेगामीको निधन भएको थियो ।
२ हजार ४८ मतदाता रहेका उक्त वडामा मतदाता शिक्षा सञ्चालन, सुरक्षाको व्यवास्था, मतदान केन्द्रको अवलोकन लगायतका काम गरेको निर्वाचन कार्यालय प्रमुख राजेन्द्रप्रसाद पोख्रेलले बताए ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती अचार्यका अनुसार उम्मेदवार मनोनयन दर्ता शान्तिपुर्ण भएको छ । शिवराज नपा–१० मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उदालत मनिहार, नेपाली कांग्रेसका देवलाल भारती, राप्रपा संयुक्तबाट नुर मोहम्मद मनिहार, समाजवादीका तर्फबाट तिर्थबहादुर रायमाझी, स्वतन्त्र शिवलाल यादव, विश्वनारायण कुर्मी, रामप्रसाद कोरी, शिव भट्ट ठाकुर नाउ र जनमत पार्टीका मोहमद रफिक मनिहारले मनोनयन दर्ता गराएका छन् ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…