प्रदेश २ मा राष्ट्रिय सभाको मतदान सुरु
प्रदेश २ मा रिक्त चार सदस्य सिटका लागि राष्ट्रिय सभा निर्वाचनको मतदान जनकपुरधाम स्थित महेन्द्रनारायाण निधि साँस्कृतिक केन्द्रमा सुरु भएको मतदान अधिकृत डा. शम्भु साहले जानकारी दिनु भएको छ ।
निर्धारित समय १० बजेदेखि कडा सुरक्षाका बिच शान्तिपूर्ण रुपमा मतदान सुरु भएको हो । मतदान स्थलको चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान केन्द्रभित्र सञ्चारकर्मीलगायत मतदाताहरूलाई समेत मोबाइल लैजान निषेध गरिएको छ ।
प्रदेश २ मा राष्ट्रिय सभा निर्वाचनका १ सय ७ प्रदेश सांसद र १ सय ३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता रहेका छन् ।
प्रदेश २ मा नेकपा र राजपा बिच गठबन्धन गरिएको छ । नेकपा र राजपाको गठबन्धनमा १ सय ९४ मतदाता रहेका छन् । नेपाली काँग्रेस र समाजवादी बिच पनि गठनबन्धन रहेको छ । नेपाली काँग्रेस र समाजवादीको गठबन्धनमा १ सय ८४ मतदाता रहेका छन् । एक जना स्वतन्त्र मतदाता पनि रहनु भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गर्नु भएको छ । आठ ओटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा पुग्नु भइसकेको छ ।
प्रदेश नंं. २ मा राष्ट्रिय सभाको चार सदस्यका लागि जारी निर्वाचनमा आठ जनाले उम्मेदवारी दिनु भएको छ ।
नेकपा र राजपाको गठबन्धनबाट महिला एक पदमा नेकपाको तर्फबाट तुलसा कुमारी दाहाल, दलित पदमा नेकपाको तर्फबाट राधेश्याम पासवान, अल्पसङ्ख्यक पदबाट राजपाबाट शेखरकुमार सिंह र खुल्ला तर्फ राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा रहनु भएका छन् ।
नेपाली काँग्रेस र समाजवादीको गठबन्धनबाट महिला एक पदमा नेपाली काँग्रेसको तर्फबाट नगिना यादव, दलित पदमा समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान, अल्पसङ्ख्यक पदमा नेपाली काँग्रेसबाट भोला पञ्जियार र खुल्ला पदमा समाजवादी पार्टीको तर्फबाट अनिरुद्धकुमार सिंह चुनावी मैदानमा रहनु भएका छन् ।
मतदान बेलुका ४ः०० बजेसम्म हुने मतदान अधिकृत डा.शम्भु साहले जानकारी दिनु भएको छ । मतदान सम्पन्न भएलगतै मतगणना गरिने उहाँले बताउनु भएको छ ।
गठबन्धनका नेताहरुले आ–आफना मतदाताहरुलाई दुई दिन अगाडी नै एकै ठाउँमा जम्मा गरेर प्रशिक्षण दिनुको साथै नमुना मतदान समेत गराएका थिए ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…