प्रदेश २ मा प्रदेश प्रहरी ऐन पारित
सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नल्याउँदै प्रदेश २ को सरकारले असोज २७ गते प्रदेश प्रहरी ऐन पारित गरेको छ । असोज २७ गतेको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पारित गरेको संसद सचिवालयले जनाएको छ ।
बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनप्रति नेकपाका प्रदेश सांसदहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले सैद्धान्तिक रूपमा प्रदेश प्रहरी ऐन चाहिन्छ भन्ने मान्याता भए पनि आवश्यक छलफल नभएको बताएका छन् ।
प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र सङ्घीय समाजवादी फोरम नेपालका सांसदहरूले सहमति जनाएका थिए । प्रदेश दुईमा भएका १ सय ७ जना सांसदमध्ये ७५ जना सांसद पारित गर्ने पक्षमा रहेका थिए ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…