प्रदेश २ मा दलितको अवस्थाबारे अन्तर्क्रिया

  ०७७ चैत ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), दलित महिला सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, समग्र महिला विकास कन्द्र नेपाल, दलित महिला सङ्घर्ष समिति, दतिल नारी समाज, राष्ट्रिय दलित पत्रकार सङ्घ र भोर नामक संस्थाको संयुक्त आयोजनामा ‘‘जातीय हिंसा विरुद्ध म’’ भन्ने मुल नाराका साथ ५६ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा प्रदेश २ मा दलितको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम चैत ८ गते जनकपुरमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विभेदरहित समतामुलक शिक्षित प्रदेशको कल्पना प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

photo20210322dhanusha (1)

प्रदेश २ मा दलितको जनसङ्ख्याको आधारमा प्रशासनिकदेखि लिएर राजनीतिक क्षेत्रमा सोही अनुसारको सहभागिता सुनिश्चिताको लागि ऐन र कानुन निर्माण गरेको बताउनु भयो ।

जातीय विभेद गर्ने राजनीतिक दलका नेता, कार्यकता वा मन्त्री किन नहोस् कारवाही गर्ने आँट प्रदेश सरकारले राखेको उहाँले बताउनु भयो । मन्त्री यादवले विभेदविरुद्ध एक जुट भएर सबैलाई यसको सामना गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश २ सभाका सांसद चमेलीदेवी दासले हामी दलित समुदायका छोराछोरीहरू शिक्षा क्षेत्रमा पछि परेकाले गर्दा राज्यले समेत हामीलाई विभेदमा राख्दै आएको बताउनु भयो ।

photo20210322dhanusha (2)

हामीले अत्याचार र अन्यायकाविरुद्ध एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उहाँले बताउनु भयो ।

आपूmले जातीय छुवाछुत र अन्यायका विरुद्ध सदनमा समेत पटक पटक आवाज उठाउँदै आएको र यसको अन्त्यका लागि सबै आफ्नो आवाज बुलन्द राख्ने प्रतिबद्धता जनाउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख विरबहादुर बुढा मगरले जातीय छुवाछुतको सवालमा राज्यले कडा भन्दा कडा कानुनहरु ल्याएकाले कानुनी रूपमा यो दण्डनीय भएको बताउनुु भयो ।

मानव अधिकारको क्षेत्रमा जात, धर्म, लिङ्ग, वर्गले कुनै महत्व नराख्ने भएकाले सामाजिक न्यायको हक, सामाजिक सुरक्षा, जातीय छुवाछुतविरुद्ध एकजुट भएर अगाडि बढ्न सबैमा आग्रह गर्नु भयो ।

photo20210322dhanusha (3)

इन्सेक प्रदेश २ संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश २ मा अन्य प्रदेशमा भन्दा धेरै अर्थात १८ प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको दलित समुदाय उपर सामाजिक रुपमा विभेद कायमै रहेको उल्लेख गर्नुहुँदै जातीय भेदभाव न्यूनीकरण गर्नका लागि भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो ।

दलित अभियानकर्ता चन्देश्वर सदाले मानवलाई रहनसहन, धर्म, वर्ण, जातिले छुट्याउन नहुने भन्दै यसका लागि मानवको मानसिकतालाई व्यापक रुपमा परिवर्तन गर्न जरुरी भएको बताउनु भयो ।


दिपेन्द्रप्रसाद सिंह