प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित

  ०७८ माघ ३ गते

प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ ।

प्रदेश २ को प्रदेश सभाका १ सय ४ जना सांसदमध्ये माघ ३ गतेको बैठकमा ९९ जना सांसद उपस्थित थिए ।

उपस्थित सांसदमध्ये ७८ जना सांसदले स्थायी राजधानी जनकपुरको पक्षमा मतदान गरेको प्रदेश २ सभाका सचिव रञ्जितकुमार यादवले बताउनु भयो ।

प्रदेश २ को नाम मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेका हुन् । प्रदेश २ को राजधानी “जनकपुरधाम” र नाम “मधेश प्रदेश” जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रको मधेश प्रदेश नाम प्रस्तावमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन थियो ।

गोप्य मतदानबाट प्रदेशको नाम र राजधानी तय गरिएको हो ।


दिपेन्द्रप्रसाद सिंह