प्रदेश १, सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश जारी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायलाई दुई प्रतिशत आरक्षण

  ०७९ असोज १८ गते

प्रदेश १, सरकारले सरकारी सेवामा यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई प्रदेश निजामती सेवामा दुई प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश १, सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असोज ११ गतेको मन्त्रीपरिषद्बाट निर्णय गरिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश राजपत्रमा प्रकाशन गरी सरकारी सेवामा यौनिक तथा अल्पसङ्ख्यलाई आरक्षणको व्यवस्था गरेको हो ।

सात ओटा प्रदेशमध्ये प्रदेश १,ले यौनिक तथा अल्पसङ्ख्य समुदायका लागि प्रदेश निजामती सेवामा दुई प्रतिशत आरक्षणको व्यवस्था गर्नु महत्वपूर्ण भएको निलहिरा समाजका मानव अधिकार अधिकृत सुदीप गौतमले बताउनु भयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायको जनसङख्या देशभर ८ देखि ९ लाख रहेको मानव अधिकार अधिकृत गौतमले बताउनु भयो । उहाँले इन्सेककर्मीसँग फोन सम्पर्कमा भन्नुभयो– अरू प्रदेशले नगरेको व्यवस्था प्रदेश १ ले हाम्रो समुदायका लागि गरेको छ, यो उहादरणीय कार्य हो ।

प्रदेश सरकारले निर्णयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायको अधिकार रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको परिर्वतनशिल समाज मोरङ कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले बताउनु भयो ।

प्रदेश १, सरकारले असोज ११ गते जारी गरेको राजपत्रमा यौनिक तथा लैङ्गिक अल्सङ्ख्य समूहका लागि प्रदेश लोकसेवा आयोगमा दरखास्त दिँदा प्रचलित कानुन बमोजिम दर्ता भएको सो समुदायसँग सम्बन्धित संस्थाको सिफारिससाथ पेश गर्नु पर्ने व्यवस्था गरेको छ ।

यौनिक अल्पसंख्यक विभिन्न खाले हुन्छन्, भनि परिभाषित गरिएको छ । लैङ्गिक अध्ययनकी शोधार्थी विना राईका अनुसार यौनिक तथा अल्पसङ्ख्य जसलाई अंग्रेजीमा एलजीबीटीआई -लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेन्डर र इन्टर सेक्सका माध्यमले बुझाइन्छ ।

कुनै महिला महिलाप्रति मात्रै आकर्षित हुन्छे भने ऊ ‘लेस्बियन’ महिला समलिंगी हो । पुरुषसँग मात्रै आकर्षित हुने पुरुष ‘गे’ पुरुष समलिंगी हो । महिला र पुरुष दुवैतर्फ आकर्षित हुने व्यक्तिलाई ‘बाइसेक्सुअल’ द्विलिंगी भनिन्छ । पुरुष गुप्तांगसहित जन्मेको तर आफूलाई महिला अनुभूति गर्ने वा महिला जानेन्द्रियसाथ जन्मे पनि आफू पुरुष रहेको ठान्ने व्यक्ति ‘ट्रान्स जेन्डर’ तेस्रोलिंगी हो । लिङ्ग परिवर्तनपछि ‘ट्रान्स जेन्डर’ लाई ‘ट्रान्स सेक्सुअल’ भन्ने गरिन्छ । महिला र पुरुष दुवैको जननेन्द्रिय लिएर जन्मेको व्यक्ति ‘इन्टर सेक्स’ ९अन्तरलिंगी० हो । कतै–कतै एलजीबीटीक्यु पनि प्रयोग हुन्छ, जसमा ‘क्यु’ को अर्थ हुन्छ— ‘कोय’ वा ‘क्वेस्चनिङ’ । विभिन्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समग्रमा बुझाउन पनि ‘कोय’ को प्रयोग हुन्छ । ‘क्वेस्चनिङ’ को आशय लिङ्ग पहिचान गर्न नसकेको अवस्थाको व्यक्ति भन्ने हुन्छ ।

प्रदेश १, सरकारले गरेको निर्णयले अरू प्रदेश सरकारलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्य समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सन्देश प्रदान गरेको निलहिरा समाजका मानव अधिकार अधिकृत सुदीप गौतमको भनाइ छ ।

1

Photo 20220110 Morang (1)2


इन्सेक प्रदेश १, कार्यालय विराटनगर