प्रदेश १, मा स्थानीय तह निर्वाचन ०७९ (फोटो फिचर)
प्रदेश १ मा ६ हजार ५९ पदका लागि स्थानीय तह सदस्य निर्वाचनमा जारी छ । धनकुटाको सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र वडा- ६ वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रको मतदान प्रक्रिया स्थगित गरिएको छ । मतदानका विषयमा नेकपा एमाले र गठबन्धनबिच विवाद भएपछि मतदान स्थतिग गरिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९,मिश्र भञ्ज्याङ्गस्थित जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवादपछि मतदान रोकिएको छ । विवाद बढेपछि प्रहरीले नो राउण्ड हवाइ फायर गरेको छ । प्रदेश १ का अन्य क्षेत्रमा शान्तिपूर्ण ढङ्गमा निर्वाचन भइरहेको छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…