प्रदेश १, मा पाँच लाख बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप

  ०७९ भदौ २९ गते

नेपाल सरकारले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चत गर्नका लागि  सञ्चालन गरेको कोभिड–१९ विरूद्धको खोप अभियानमार्फत प्रदेश १ मा ५ लाख ४६ हजार ८ सय जना बालबालिकालाई कोभिड- १९ विरूद्धको खोप लगाइएको छ ।

कोभिड–१९ विरूद्धको दोस्रो मात्रा ४ लाख ७७ हजार ३ सय २४ जना बालबालिकालाई लगाइएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

प्रदेश १ मा बालबालिकासहित ३४ लाख ३८ हजार ७ सय ४१ जनालाई पहिलो मात्रा, ४१ लाख ९५ हजार १ सय ५४ जनालाई दोस्रो मात्रा तथा ९ लाख ५९ हजार ६ सय ६० जनालाई तेस्रो बुस्टर डोज लगाइएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चत गर्नका लागि प्रदेशभर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका कोभिड खोप फोकल पर्सन उद्वव श्रेष्ठले बताउनु भएको छ ।

photo 20220914 Morang 1

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा १२ वर्षदेखि १८ वर्षभन्दा मुनि उमेर समूहका १२ हजार ८ सय ८९ जनालाई मोर्डनाको पहिलो र १० हजार ५ सय ३६ जनालाई दोस्रो मात्रा, पाँच वर्षदेखि १२ वर्षसम्म उमेर समूहका १८ हजार ६ सय जनालाई फाइजरको पहिलो मात्रा लगाइएको छ । १७ हजार जनालाई फाइजरको दोस्रो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर ४ सय ८५ ओटा खोप केन्द्र कायम गरी कोभिड–१९ विरूद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका खोप संयोजक दिनेश रायले बताउनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लाका ३६ हजार बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । जिल्लाका १० ओटा स्थानीय तहका पाँचदेखि १७ वर्षमुनिका ३८ हजार ८ सय ७६ जना बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताउनु भयो । जिल्लामा १२ देखि १७ वर्ष उमेरसमूहका ९ हजार ५ सय ६४ जना बालिका र ९ हजार २ सय २२ जना बालक गरी १८ हजार ७ सय ८८ जना बालबालिकालाई कोभिडविरूद्धको पहिलो चरणको मोडर्ना खोप लगाइएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । जसमा ८ हजार ४ सय ६६ जना बालिका र ७ हजार ९ सय ५३ जना बालक गरी १६ हजार ४ सय २९ जना बालबालिकालाई कोभिडविरूद्धको दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका २० हजार भन्दाबढी बालबालिकालाई फाइजर खोप लगाइएको छ । ९ हजार ७ सय ४२ जना बालिका र १० हजार ३ सय ४६ जना बालकलाई पहिलो चरणको फाइजर खोप लगाइ सकिएको छ । खोप अभियानका लागि जिल्लाका २ सय ८२ खोप केन्द्र राखिएको थियो । खोप कार्यक्रमका लागि ३ सय ८२ जना खोप कार्यकर्ता र ६ सय ६४ जना स्वयमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा भदौ २९ गतेसम्म १२ वर्षमाथिका १ लाख १० हजार ५१ जनालाई कोभिड–१९ विरूद्धको पूर्ण खोप लगाइ सकिएको छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लाका १२ हजार बढी बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप फाइजर लगाइएको छ । जिल्लाका आठ ओटा स्थानीय तहका १२ हजार १ सय ३२ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको पहिलो मात्राको फाइजर खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाइएका बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ३ हजार १ सय ९४ जना, थुलुङ दूधकोशी गाउँपालिकाका २ हजार १ सय ९४ जना, नेचासल्यान गाउँपालिकाका १ हजार १ सय २० जना र सोताङ गाउँपालिकाका १ हजार १ सय ९२ जना रहेका छन् । महाकुलुङ गाउँपालिकाका १ हजार ४ सय २० जना, माप्यदूधकोशी गाउँपालिकाका १ हजार ४ सय ७५ जना, खुम्बुपासाङ ल्हामु गाउँपालिकाका १ हजार ४० र लिखुपिके गाउँपालिकाका ४ सय ९७ जना छन् । जिल्लामा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र तोकी बालबालिकालाई फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताउनु भयो । दोस्रो मात्राको खोप असोजबाट सुरू गरेर दशैं अघि सक्ने तयारी थालिएको प्रमुख सुवेदीको भनाइ छ । जिल्लामा पाँच वर्षदेखि ११ वर्षसम्म उमेर समूहका १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा १३ हजार बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । भदौ ५ गतेदेखि भदौ ९ गतेसम्म जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा १३ हजार २ सय ४२ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका पाँच  वर्षदेखि १२ वर्षसम्म उमेर समूहका बालबालिकालाई खोपको पहिलो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा खोप निरीक्षक पुष्पराज पन्तले बताउनु भयो । खोपको पहिलो मात्रा लगाइएकालाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाउन थालिएको छ । बालबालिकालाई पहिलो मात्राको रूपमा ‘फाइजर बायोएनटेक’ खोप दिइएको छ । पहिलो मात्राको खोप अभियानमा पाँच वर्षदेखि १२ वर्षसम्म उमेर समूहका बालबालिकाको विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइएको सूचना अधिकारी पन्तको भनाइ छ । विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लाका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका कूल २५ हजार २ सय बालबालिकामध्ये २४ हजार ५ सय बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । जिल्लाका ४ हजार ८ ओटा सामुदायिक विद्यालयमा भदौ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको कोभिड–१९ विरूद्धको खोप अभियानमा बालबालिकालाई फाइजरको पहिलो मात्राको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य सिग्देलले बताउनु भयो । खोप केन्द्र तोकिएका विद्यालय र स्वास्थ्य संस्थामा गरी पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिकालाई कोभिड–१९ विरूद्ध खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड खोप फोकल पर्सन जीवन चौँलागाईले बताउनु भयो । फाइजरको पहिलो खोप लगाएका बालबालिकालाई २१ दिनपछि दोस्रो मात्राको खोप अभियान सञ्चालनको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका १६ हजार ५ सय २४ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप फाइजर लगाइएको छ । जिल्लाका नौ ओटा स्थानीय तहमा रहेका विद्यालय भित्रका २२ हजार ९ सय २८ जना र विद्यालय बाहिरका ८ सय ९६ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।  भदौ ५ देखि ११ गतेसम्म सञ्चालन गरिएको अभियानमा पाँच वर्षदेखि ११ वर्षसम्म उमे समूहका बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनु भयो । खोप सञ्चालनको लागि ३ सय ७५ खोप केन्द्र तोकिएको छ । पहिलो मात्र खोप लगाएकाहरुका लागि पुन दोश्रो मात्राको खोप अभियान सञ्चालनको तयारी गरिएको सूचना अधिकारी बुढाथोकीले बताउनु भयो । भदौ २७ गते असोज १ गतेसम्म दोश्रो चरणको अभियान सञ्चालन गरिने भएको छ । जिल्लामा खोपका लागि तोकिएको उमेर समूहका बालबालिका विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र कायम गरिएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा पाँचदेखि ११ वर्षसम्म उमेर समूहका २८ हजार भन्दा बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको फाइजर खोप लगाइएको छ । जिल्लामा भदौ १० गतेदेखि १४ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन गरिएको थियो । जिल्लाका सात ओटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १८ हजार ८ सय २५ जना बालबालिकालाई कोभिड–१९ विरूद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रमोदप्रसाद दाहालले बताउनु भयो । खोप लगाएकामध्ये १८ हजार ६ सय ८१ जना बालबालिका विद्यालयभित्रका र १ सय ४४ जना बालबालिका विद्यालय बाहिरका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार विद्यालय भित्रका महालक्ष्मी नगरपालिकामा २ हजार ७ सय ८८ जना, छथर जोरपाटी गाउँपालिकामा १ हजार ९ सय १० जना, पाख्रिबास नगरपालिकामा २ हजार २ सय ९० जना, सहिदभूमि गाउँपालिकामा २ हजार १ सय १३ जना बालबालिकालाई फाइजर खोप लगाइएको छ । साँगुरीगढी गाउँपालिकामा २ हजार २ सय ११ जना, चौविसे गाउँपालिकामा २ हजार ३ सय १६ जना र धनकुटा नगरपालिकामा ५ हजार ५३ जना बालबालिकालाई फाइजर खोप लगाइएको छ । विद्यालय बाहिरका महालक्ष्मी नगरपालिकामा ८६ जना, सहिदभूमि गाउँपालिकामा २४ जना र चौबिसे गाउँपालिकामा ३४ जना बालबालिकालाई फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार जिल्लामा ४२ हजार ४ सय ८६ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । १२ हजार १ सय ६२ जना बालक र ११ हजार ४ सय ६० जना बालिका गरी २३ हजार ६ सय २२ जनालाई मोर्डना खोप लगाइएको छ । ९ हजार ५ सय ३५ जना बालक र ९ हजार ३ सय २९ जना बालिका गरी १८ हजार ८ सय ६४ जनालाई फाइजर खोप लगाइको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । फिदिम नगरपालिकामा ३ हजार ५ सय १३ जना बालक र २ हजार ४ सय २१ जना बालिकालाई मोर्डना खोप र ३ हजार ८९ जना बालक र ३ हजार ८७ जना बालिकालाई फाइजर गरी १२ हजार १ सय १ जनालाई खोप लगाइएको छ । फालेलुङ गाउँपालिकामा ८ सय ४० जना बालक, ७ सय ३१ जना बालिकालाई मोर्डना र १ हजार १ सय ५५ जना बालक र ९ सय ४५ जना बालिकालाई फाइजर गरी ३ हजार ६ सय ६१ जनालाई खोप लगाइएको छ । याङवरक  गाउँपालिकामा १ हजार २ सय ४५ जना बालक, १ हजार ९२ जना बालिकालाई फाइजर र ९ सय ३५ जना बालक र ९ सय ४५ जना बालिकालाई मोर्डना गरी ४ हजार १ सय ६४ जनालाई खोप लगाइएको छ । हिलिहाङ गाँउपालिकामा २ हजार ४ सय ८ जना बालक, २ हजार ७ सय ४१ जना बालिकालाई मोर्डना र १ हजार ५७ जना बालक र १ हजार १ सय १८ जना बालिकालाई फाइजर गरी ७ हजार ३ सय २४ जनालाई खोप लगाइएको छ । कुम्मायक गाउँपालिकामा ६ सय ४१ जना बालक, ७ सय ९६ जना बालिकालाई मोर्डना र ४ सय ९३ जना बालक र ५ सय ४७ जना बालिकालाई फाइजर गरी २ हजार ४ सय ७७ जनालाई खोप लगाइएको छ । फाल्गुनन्द गाउँपालिकामा १ हजार २ सय २ जना बालक, १ हजार २ सय ५० जना बालिकालाई मोर्डना र १ हजार १ सय ८९ जना बालक र १ हजार २ सय ५५ जना बालिकालाई फाइजर गरी ४ हजार ८ सय ९६ जनालाई खोप लगाइएको छ । तुम्बेवा गाउँपालिकामा ५ सय ६४ जना बालक र ५ सय ७४ जना बालिकालाई मोर्डना र ५ सय ४३ जना बालक गरी २ हजार २ सय २३ जनालाई खोप लगाइएको छ । मिक्लाजुङ गाउँपालिका १ हजार ७ सय ४९ जना बालक, १ हजार ८ सय ५५ जना बालिकालाई मोर्डना र १ हजार ७४ जना बालक र ९ सय ४१ जना बालिकालाई फाइजर गरी ५ हजार ६ सय १९ जनालाई खोप लगाइएको छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार जिल्लामा २३ हजार ९३ जना बालबालिकालाई फाइजर खोप लगाइएको छ । जिल्लामा पाँच वर्षदेखि १२ वर्ष उमेर समूह भित्रका बालबालिकालाई कोभिड–१९ विरूद्धको फाइजर खोप लगाइएको हो । जिल्लाका दश ओटा स्थानीयहरूमा ५ सय ४७ ओटा खोप केन्द्र्र निर्धारण गरी १ हजार ९४ जना स्वयमसेवक परिचालन गरी २३ हजार ९३  जना बालबालिकालाई फाइजर खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले बताउनु भयो । जिल्लामा पहिलो र दोस्रो चरणमा गरी इलाम नगरपालिकामा पहिलो मात्रा ६ हजार ४ सय १२ जना लाई र दोस्रो मात्रा ५ हजार ८६ जना, सूर्योदय नगरपालिकामा पहिलो मात्रा ५ हजार १ सय ४ जना र दोस्रो मात्रा  ४ हजार ४ सय ४३ जना, देउमाई नगरपालिकामा पहिलो मात्रा २ हजार ९ सय २८ जना र दोस्रो मात्रा २ हजार ६ सय १० जना, माई नगरपालिकामा पहिलो मात्रा ३ हजार १ सय ४० जना र दोस्रो मात्रा २ हजार ६ सय ९२ जना, चुलाचुली गाउँपालिकामा पहिलो मात्रा २ हजार ३ सय ५३ जना र दोस्रो मात्रा  १ हजार ८ सय ५७ जना, रोङ गाउँपालिकामा पहिलो मात्रा १ हजार ३ सय १७ जना र दोस्रो मात्रा १ हजार १ सय ४३ जना, माईजोगमाई गाउँपालिकामा पहिलो मात्रा १ हजार ५ सय ८८ जना र दोस्रो मात्रा  १ हजार ४ सय ४२ जना, सन्दकपुर गाउँपालिकामा पहिलो मात्रा १ हजार १ सय १३ जना र दोस्रो मात्रा १ हजार ३ जना,माङ्सेबुङ गाउँपालिकामा पहिलो मात्रा १ हजार ३ सय ६ जना र दोस्रो मात्रा  १ हजार २ सय ४४ जना र फाकफोकथुम गाउँपालिकामा पहिलो मात्रा १ हजार ८ सय १६ जना र दोस्रो मात्रा १ हजार ५ सय ७३ जना गरी २७ हजार ७७ जना बालबालिकालाई पहिलो मात्रा र २३ हजार ९३ जना बालबालिकालाई दोस्रो मात्रा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा पाँच वर्षदेखि १८ वर्षसम्म उमेर समूहका १ लाख ३० हजार बालबालिकालाई भदौ ५ गतेदेखि ९ गतेसम्म कोभिड–१९ विरूद्धको पहिलो खोप फाइजर लगाइएको छ । १ लाख २० हजार जना बालबालिकालाई फाइजरको दोस्रो मात्रा भदौ ३१ गतेदेखि असोज १ गतेसम्म लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत बालकृष्ण भण्डारीले बताउनु भयो । दोस्रो मात्रा लगाउन बाँकी १० हजार बालबालिकालाई अर्को चरणमा खोप लगाइने खोप अधिकृत भण्डारीको भनाइ छ । जिल्लाका ३ सय ६८ ओटा सामुदायिक विद्यालयमा र स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरी खोप अभियान सञ्चालन गरिएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा २ लाख ४७ हजार ३ सय ९९ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको पहिलो खोप फाइजर लगाइएको छ । पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका २ लाख ४७ हजार ३ सय ९९ जना बालबालिकालाई पहिलो मात्राको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका खोप अधिकृत कन्हैया साहले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १ लाख २९ हजार ६ सय ९२ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाइएको बताउनु भयो । १ लाख ३४ हजार ९ सय ३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ९३ दशमलव ६ प्रतिशत प्रगति भएको अधिकृत साहको भनाइ छ । १२ देखि १८ वर्षसम्म उमेर समूहका १ लाख १७ हजार ७ सय ७ जना बालबालिकालाई पहिलो चरणको खोप लगाइएको छ । १ लाख १ हजार १ सय ९५ जनाले बालबालिकाले दोस्रो चरणको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । १२ वर्षदेखि १८ वर्षसम्म उमेर समूहका बालबालिका १ लाख २५ हजार १५ जना बालबालिकालाई पहिलो र दोस्रो चरणको खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत कन्हैया साहले बताउनु भएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा ४० हजार ६ सय ९४ जना बालबालिकलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको छ । बेलका नगरपालिकामा ५ हजार ४ सय ३६ जना, चौदण्डीगढी नगरपालिकामा ६ हजार २ सय ६४ जना, त्रियुगा नगरपालिकामा ११ हजार ५ सय ६१ जना, रौतामाइ गाउँपालिकामा २ हजार ९ सय ७१ जना, लिम्चुङबुङ गाउँपालिकामा १ हजार ४ सय ९८ जना, ताप्ली गाउँपालिकामा १ हजार ८ सय ३२ जना, कटारी नगरपालिकामा ७ हजार २ सय ४२ जना र उदयपुरगढी नगरपालिकामा ३ हजार ८ सय ८९ जना बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर