प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता विपरित पुरस्कार प्रयोजन, कार्यक्रम सञ्चालनमा रोक
आगामी मङ्सिर ४ गते हुने आम निर्वाचन ०७९ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को दफा ५ (ङ) विपरित प्रतियोगितालाई पुरस्कार सौजन्य गरेपछि प्रतियोगिता सञ्चालनमा रोक लगाइएको छ ।
मकालु गाउँपालिका–३ हेदाङना गढीमा हाङहोङटेम सामुदायिक सिकाइ इकाइ केन्द्रले कात्तिक ४ गतेका लागि आयोजना गरेको ब्याडमिन्टन तथा खुल्ला नृत्य प्रतियोगिता सञ्चालनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रोक लगाएको हो ।
आचारसंहिता विपरित प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पुरस्कार प्रायोजन गरेको भन्दै नेपाली कांग्रेस पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असोज ३१ गते लिखित उजुरी दिएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले बताउनु भयो ।
निर्वाचन आचारसंहिता विपरित परेको उजुरीको सुनुवाइका लागि अनुगमन समितिलाई जानकारी गराएको सहायक निर्वाचन अधिकृत सापकोटले बताउनु भयो । निर्वाचन आचारसंहिता विपरित उम्मेदवारले प्रायोजन गरेको कार्यक्रम सञ्चालन गर्न तत्कालका लागि रोक लगाइएको निर्वाचन आचारसंहिता अनुगमन समिति संयोजक चिरञ्जीवी अधिकारीले बताउनु भयो ।
हाङहोङटेम सामुदायिक सिकाइ इकाइ केन्द्रलाई लिखित र मौखिक रूपमा जानकारी गराएर कार्यक्रम सञ्चालनमा रोक लगाइएको संयोजक अधिकारीले बताउनु भयो ।
प्रतियोगिताका लागि ५० हजार रुपियाँ प्रायोजन गरेको सम्बन्भमा उम्मेदवार राजेन्द्रप्रसाद गौतमले पूर्व निर्धारित कार्यक्रम अनुसार नै आर्थिक सहयोग गरेको बताउनु भएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…